बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

0
418

धरान, 

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ ।

यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।

धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

यही कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here