भीमाकुमारीको घर कांग्रेसले बनाउने

0
716

पूर्वाञ्चल समाचार प्रभाव

दुधे।

श्रीमान्को अवसान भएपछि घरको न घाटको भएकी शिवसताक्षी–११ दूधेकी भीमाकुमारी चौधरी (राई)को परिवारको व्यवस्थापन नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले गर्ने भएको छ ।

पूर्वाञ्चल दैनिकमा अन्तर्जातीय विवाह गरेकी महिलाको गरिबीका कारण जग्गा र घर नहँुदा अलपत्र परेको समाचार प्रकाशन भएपछि नेपाली कांग्रेस शिवसताक्षीले चासो देखाएको हो । पार्टीका नगर सभापति पर्शुराम ढुंगानाले अतिविपन्न बर्गकी भीमाकुमारी चौधरी (राई) को जग्गादेखि घर समेत पार्टीको पहलमा निर्माण गर्ने बताए । उनका अनुसार जग्गा र घर पाटी नगर समितिको पहलमा निर्माण हुनेछ । ढुंगानाले एक दुई दिनभित्रै जग्गाको खोजी गरी चौधरी परिवार बस्ने घर निर्माण शुरु हुनेछ ।

पार्टीका नगर सभापति ढुंगानाले राईको पुनस्र्थापनाका लागि स्थानीय सरकार, नगरका राजनीतिक दल, सामाजिक संघ–संस्था, विभिन्न पेशामा आवद्ध रहेका नगरबासी र व्यवसायी जुटेर लाग्न आव्हान गरे । ‘गरिबी सबै पाटी, बर्ग र धर्ममा हुन्छन् । एउटा नागरिक खुला आकाशमा गरिवीकै कारण बस्नुपर्दा कसैले पनि टुलुटुलु हेर्नु हुदैन । सबै मिलेर चौधरी परिवारको पुनस्थापना गरौं’– उनले भने ।

०५९ सालमा गाउँकै रामबहादुर राईसँग मन परापर भएर अन्तर्जातीय विवाह गरेकी भीमाका श्रीमान्को सडक दुर्घटनामा परेर मृत्यु भएपछि चौधरी २ जना छोराछोरीसँग माईतमा बस्दै आएकी थिइन् । विवाह गरेको १८ वर्ष देखी माइतीको संरक्षणमा बस्दै आएकी चौधरी लामो समयदेखि गर्भासय र घाँटीको समस्याबाट पीडित छन् । माइतीको परिवार पनि झागिँदै गएपछि भीमाकुमारीपलाई माइतमा बस्न समस्या हुन थालेको उनले बताएकी छन् ।

यसैबीच मेची इङ्लिस बोर्डिङ्ग स्कूल माईधारका प्रिन्सिपल भीमप्रसाद भट्टराईले चौधरी परिवारको घर निर्माणका लागि ५ हजार १ सय ५५ रुपैयाँ प्रदान गर्ने भएका छन् । आइतबार उनको जन्मदिन थियो । पूर्वाञ्चल दैनिकमा चौधरी परिवारको दयनीय कथा पढेपछि प्रिन्सिपल भट्टराईले घर निर्माणका लागि ५ हजार १ सय ५५ र दुई दिन श्रमदान गर्ने बताए । चौधरी परिवारको व्यवस्थापनका लागि प्रिन्सिपल भट्टराई पहिलो दाता हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here