‘एकका लागि एक’ अभियानद्वारा बिर्तामोडमा अक्सिजन बैंक स्थापनाको तयारी

0
824

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानले झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापनाको तयारी गरेको छ ।

‘एकका लागि एक’ अभियानको आयोजनामा सोमवार भएको जुम बैठकले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएर झापा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा समेत बेड अभाव हुन थालेपछि कोरोना भाइरसबाट संक्रमितलाई घरमै उपचारमा सहयोग पुर्याउन अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

‘एकका लागि एक’ अभियानको आयोजनामा भएको जुम बैठकले अक्सिजन बैंक स्थापनाका लागि अक्सिजनका सिलिण्डरको भण्डारण गर्ने निर्णय समेत गरेको र यसको तयारी समेत गरेको उनले बताए ।

त्यस्तै जुम बैठकले कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने निर्णय गरेको र उक्त सहायता केन्द्र बिर्तामोड उद्योग वाणिज्य संघको भवनमा रहेको झापा गोल्डकपको सचिवालयमा रहने संयोजक गिरीले जानकारी दिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण चौथौ चरणमा प्रवेश गरेको र यसले भयावहको अवस्था सृजना गरेकाले यो अवस्थामा नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय , अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायत विभिन्न स्वास्थ्यसम्वन्धी जानकारी दिन कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गरिने उनले बताए ।

कोभिड सूचना तथा सहायता केन्द्रबाट नागरिकले विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीबाट स्वास्थ्य परामर्श प्राप्त गर्ने उनले बताए ।

त्यस्तै जुम बैठकले कोरोना भाइरसबाट संक्रमित अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै उनीहरुको घरमै पुगेर स्वाब संकलन गर्ने निर्णय गरेको उनले बताए ।

कोरोना भाइरसबाट संक्रमित भएर पनि विभिन्न कारणले घरमै रहेका अशक्त तथा ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वाब संकलन गरिने र त्यसबाट अशक्त तथा ज्येष्ठ नागरिकहरु मात्र होइन समुदाय पनि लाभान्वित हुने उनले वताए ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको दर बढीरहेकाले यसबाट बच्न र अरुलाई बचाउन सवै जुट्नुको विकल्प नभएको बताउँदै संयोजक गिरीले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ‘एकका लागि एक’ अभियानले गरेको कार्यमा सहयोग गर्न सरोकारवाला सवैलाई आग्रह गरे ।

जुम बैठकमा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए ।
उनले एकका लागि एक अभियानले कोरोना भाइरसको परीक्षण गर्न भीटीएम / आरडीटी किट वितरण, लकडाउनको अवधिमा खाद्यान्न वितरण , तयारी खाना वितरण, कोरोना भाइरसको परिक्षण गर्न पीसीआर ल्याव स्थापना , कोरोना भाइरस संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा थेरापी गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको सहकार्यमा प्लाज्मा थेरापी वैंक स्थापना गरिसकेको र अव बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी दिए ।

कनकाई नगरपालिका –४ कोटीहोममा जनस्तरबाट स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाबाट सशुल्क स्वाव परिक्षण समेत शुरु गरिएको उनले बताए ।

जुम बैठकमा सहभागि ‘एकका लागि एक’ अभियानका सदस्यहरु नविन पोखरेल, कुमारमणि पोखरेल, गोपाल ओली, हरि शर्मा, सजेश शिवाकोटी, एकराज गिरीलगायतले आ –आफ्ना धारणा राख्दै कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ‘एकका लागि एक’ अभियानले गरेको कार्यमा साथ दिने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै जुम बैठकमा ‘एकका लागि एक’ अभियानका सचिवालय सदस्य मातृका सुवेदीले हालसम्मको खर्च र आम्दानी विवरण प्रस्तुत गरेका थिए ।

उनले ‘एकका लागि एक’ अभियानको खातामा १८ लाख ७० हजार चार सय २९ रुपैयाँ बचत रहेको जानकारी दिए ।
जुम बैठकको सहजीकरण ‘एकका लागि एक’ अभियानका सचिवालय सदस्य मातृका सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here