भीमाकुमारीको घर निर्माणका लागि समिति गठन,संयोजकमा ढकाल

0
556

दुधे ।

अन्तर्जातिय विवाह गरेर श्रीमानको मृत्यु भएपछि विचल्लीमा परेकी भीमाकुमारी चौधरी (राई)को घर निर्र्माणका लागि समिति गठन भएको छ । मंगलबार पीडित भीमाकुमारी कै उपस्थितीमा नेपाली कांग्रेस शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को वडा समितिले जग्गा समेतको व्यवस्थापन गरेपछि भीमाकुमारी चौधरी राई आवास निर्माण उपभोक्ता समिति गठन भएको हो ।

नेपाली कांग्रेस शिवसताक्षी नगरका उपसभापति विनोद ढकालको संयोजकत्वमा १७ सदस्यीय निर्माण तथा समन्वय समिति गठन भएको नेपाली कांग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुंगानाले बताए । ढकाल समाज रुपान्तरणका लागि सामाजिक क्षेत्रमा खटेर काम गर्ने क्रियाशिल युवा हुन् । नेपाली कांग्रेसका नगर स्तरिय नेता कार्यकर्ता लगायत कम्तिमा एक सय स्थानीयबासिन्दा सहभागि भेलामा ढकाललाई भीमाकुमारी चौधरी (राई)को आवास निर्माण तथा समन्वय समिति सर्वसम्मत गठन गरिएको हो ।

उक्त समितिको सदस्यमा अशोक वस्नेत, सन्त फेवदिन, रमेश राई, देबीकुमारी ओली, जयकुमारी चेम्जोङ, निर्मला प्रधान, मदन राई, दुर्गाप्रसाद भट्टराई, पिताम्बर अधिकारी, लेखवहादुर कार्की चयन भएका छन् । यस्तै पदम वा थापा, होम दुलाल, कुमार बुढाथोकी, मनकुमारी राई र खगेन्द्र बजगाई सदस्य छन् । संयोजक ढकालका अनुसार कम्तिमा दुई जना पार्टीका केन्द्रिय सदस्यको आतिथ्यमा भीमाकुमारीको घर शिलान्यास हुने छ । उनले भने, ‘हाम्रो तयारी तिहारको लक्ष्मी पुजाको दिन शिलान्यास गर्ने छ ।’

भीमाकुमारी सहित दुई जना छोरा छोरी बस्नका लागि किचन रुम सहित दुई कोठाको घर निर्माण हुने संयोजक ढकालले बताए । यसको नक्साङ्कन र अनुमानित लागत स्टिमेट शिवसताक्षीको क्रिएटिभ नेपाल ईन्जनियरिङ्ग कन्सल्टेन्सीले निशुल्क गर्ने कन्सल्टेन्सीका संचालक विवेक ढकालले घोषणा गरेका छन् । ढकाल सतासीधाम जेसिज वर्ष २०२० का महासचिव पनि हुन् ।

अन्तर्जातिय विवाह गरेकी भीमाकुमारीका श्रीमान् रामबहादुर राईको सडक दुर्घटनामा परेर अवसानपछि उनको विचल्ली भएको थियो । त्यसपछि माईतीले उनको संरक्षण गर्दे आएको थियो । गर्भासाय र घाँटीमा रोग बोकेकी भीमाकुमारीले गरिवीकै कारण पैसा नभएर उपचार गर्न सकेकी थिईनन् ।

पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेलिडटकम लगायतका संचार माध्यममा भीमाकुमारीको जीवनमा घटेका दर्दनाक कथा प्रकाशन भएपछि नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले जग्गा दिने दाता भेटिए पार्टीको नगर समितिले घर बनाईदिने घोषणा गरेको थियो ।

नगर सभापति ढुंगानाले गरेको घोषणाको भोलिपल्टै नेपाली कांग्रेस शिवसताक्षी ११ को वडा समितिले जग्गाको समेत व्यवस्थापन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here