कटुवाल दम्पती द्वारा छोराको जन्म्दिनको अवसरमा विद्यालयलाई अफिस टेवल प्रदान

0
649

उमानाथ भण्डारी ,कमल ।

कमल गाउँपालिका वडा नम्वर १ का एक दम्पतिले आफ्नो छोराको जन्म्दिनको अवसरमा स्थनिय एक विद्यालयलाई अफिस टेवल प्रदान गर्नु भएको छ ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा प्रयोगगर्दा त्यसले समाजमा सकारात्मक सन्देश जाने भएकोले आफुहरुले आफ्ना कान्छा छोरा अनुभव कटुवालको पहिलो जन्मदिनको अवसरमा कमल १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयलाई केदार कटुवाल तथा श्रीमती एलिशा डाँगी (कटुवाल)ले ५० हजार मुल्य बरावरको अफिस टेवल प्रदान गर्नु भएको हो ।

विद्यालयलाई आवश्यक पर्ने अफिस टेवेल प्राप्त गरेर सहयोग गरेको भन्दै विद्यालयका प्रधानअध्यापक गंगाप्रसाद प्रसाईले कुटुवाल परिवारलाई धन्यवाल दिनुभएको थियो ।

पछिल्लो समय आफ्ना नानिहरुको जन्मदिन मनाउने बहामनामा समाजमा वृकृती फैलिनुका साथै अनावश्यक खर्चहुने गरेको र त्यसले समाजमा नराम्रो छाप बनाउदै गएको समयमा कटुवाल परिवारको यो उदाणरिय कार्यको विद्यालयका पुर्व अध्यक्ष खगेन भण्डारीले प्रशंसा गर्नु भएको थियो ।

कमल गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष समेत रहेका कटुवालले आफ्ना जेठा छोरा आगमन कटुुवालको जन्मदिनका अवसरमा गत वर्ष आर्थिक अवस्था कमजोर भएका दुई परिवारलाई ४० हजार रुपैयाको लागतमा शौचालय निर्माण गरीदिनु भएको थियो भने वडा नम्वर १ कै मिस्त्रि वस्तिमा समेत ३२ हजार रपैयाको लागतमा ४ थान सोलार वत्ति जडान गरेको कटुवालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here