घुन्सामा स्वास्थ्य कार्यालय निर्माण

0
659

फुङ्लिङ,

ताप्लेजङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा घुन्सा फाउण्डेशनको पहलमा पहिलोपटक स्वास्थ्य इकाइ कार्यालय निर्माण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सो कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि यही मङ्सिर ५ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङको पनि निरीक्षण गर्नुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको तयारीका लागि सो क्षेत्रमा सरसफाइ र सुरक्षा व्यवस्थाको तयारी गरिएको छ । ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा यसअघि गत असोज २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सशस्त्र प्रहरीको बोर्डर सुरक्षा पोष्ट (बिओपी) उद्घाटन गर्नुभएको थियो ।

हिमालीबस्ती घुन्सा पर्यटकीय क्षेत्रसाथै कञ्चनजङ्घा हिमालको आधार शिविर पनि हो । जिल्ला सदरमुकाम फुङ्लिङदेखि घुन्सा र ओलाङ्चुङगोला २६ कोष टाढा दूरीा पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here