भारत–नेपाल सम्बन्धः भावी सन्ततिका लागि कोभिड १९ महामारीले उजागर गरेका कथाहरू

0
670

कुमार शर्मा

 

विश्वका अधिकांश भागलाई लगभग पङ्गु बनाएको कोभिड १९ महामारीले भावी सन्ततिलाई भनिनका अनि हस्तान्तरण गरिनका लागि असङ्ख्य कथाहरू छोड़िराखेको छ, यद्यपि सामान्य दिनचर्यामा फर्किनु अझ धेरै लामो यात्रा तय गरिनु नै छ।
मानव जीवनलाई नै त्रस्त पार्ने त्यो नदेखिएको भाइरसले सरकारहरूलाई महीनौं लामो लकडाउन थप्न अनि मानिसलाई स्वस्थ र सुरक्षित राख्न भौतिक दुरी कायम राख्ने नियम बनाउन बाध्य बनायो, जसले दक्षिण एशियाका घनिष्ट छिमेकी देशहरू भारत र नेपाललाई पनि सोच्न विवश बनायो।
सबै दुःख र मानव जीवनका क्षतिहरूबीच पनि खुल्ला सिमाना अनि दुवैतर्फका मानिसहरूको बेरोकटोक आउजाउ भएका यी दुई सार्वभौम राष्ट्रहरू विश्वसित साझा गर्न योग्य थुप्रै सुन्दर र साझा अनुभवहरूको साक्षी बन्यो। यी मानवीय कथाहरूले यी दुई राष्ट्रहरूबीचको सम्बन्धलाई अझ राम्रो बनाउन मार्ग प्रशस्त गर्नको साथै यी दुईमध्ये कुनै एक देशले सान्त्वनापूर्ण स्पर्श पाउन चाहे यिनीहरूबीचको सम्बन्ध कति तात्पर्यपूर्ण छ, जसले स्वतः सौहार्द्रपूर्ण र सहयोगात्मक हात बढ़्नेछ भन्ने कुरा सत्ताका शीर्ष तहमा बस्ने शक्तिहरूले अति चाँड़ो महसुस गर्नथालेका छन्।
यी दुई देशबीचको द्विपक्षीय सम्बन्ध राम्रो नरहेको यस कालमा भारतीय सेना प्रमुख जेनरल मनोज मुकुन्द नरवणेको भर्खरैको नेपाल भ्रमणले यी दुई राष्ट्रहरू एकअर्काबिना केही गर्नसक्दैनन् अर्थात दुई पक्षीय हितका लागि मैत्रीपूर्ण सम्वन्धलाई थप प्रगाढ बनाउदै सहकार्य गर्नु पर्छ भन्ने अग्रगामी सोचको मार्ग प्रशस्त गरेको छ।
भारतीय सेना प्रमुख, जसलाई नेपालकी महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ जेनरलको पदवी प्रदान गर्नुभयो, (उहाँको भ्रमण यस्तो समयमा भयो, जतिखेर भारत–नेपाल सम्बन्ध सन् २०१५ –देखि यता सबैभन्दा कमजोर अवस्थामा रहेको छ।
धेरै राजनैतिक विश्लेषकहरूको मतमा विगत पाँच वर्षलाई रचनात्मक उद्देश्यमा उपयोग गर्न सकिन्थ्यो, दुई राष्ट्रहरूले सीमालगायत थुप्रै मुद्दाहरूलाई सम्बोधन गर्न संयुक्त रूपमा संयन्त्रहरू खोज्नसक्थे, जुन भारतको प्रचण्ड विरोध रहँदा–रहँदै पनि काठमाण्डौंले नयाँ राजनैतिक नक्शालाई अनुमोदन गरेपछि सिर्जना भएको थियो।
कोभिड १९ लकडाउनको अवधिमा पनि यो कटुतापूर्ण सम्बन्ध जारी रह्यो, जसले यस धमिलोमा माछा मार्न चाहनेहरूलाई अवसर प्रदान गऱ्यो। जे होस्, यसलाई पुरानो राजनैतिक चश्माले हेर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here