सभासद् बिमली सम्मानित

0
445

logo-of-purwanchal
सुरुङ्गा, माघ ४ । बिमली बन्धु समाजका संरक्षक सभासद् गणेश बिमलीलाई समाजले एक कार्यक्रमका वीच सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा संविधानसभा सदस्य बनेका बिमलीलाई इतिहासमै पहिलो पटक बिमली बन्धुबाट सभासद् बनेको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा ओम पाठक, प्रेम बिमली, पार्वता बिमली, युवराज बिमली,नन्दमुनि बिमली, सरोज बिमली, रोशन बिमली, राजेन्द्र बिमली लगायतले सभासद्लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सभासद् बिमलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने बनाउने प्रतिबद्धता व्यक्त गरे । समाजका केन्द्रीय अध्यक्ष नन्दमुनि बिमलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम झापा अध्यक्ष रोशन बिमलीको अध्यक्षतामा भएको थियो । भानुप्रसाद शिवाकोटी, ओमकृष्ण बिमली, डिल्लीप्रसाद बिमली, मोहन बिमली,श्रीप्रसाद बिमली लगायतको आतिथ्य रहेको कार्यक्रममा कृष्ण बिमलीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव खड्गप्रसाद बिमलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here