किसानलाई प्रशिक्षण

0
796

सुरुङ्गा, माघ ४ images नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुरुङ्गा गाउँ कमिटीको आयोजनामा किसानलाई १ दिने प्रशिक्षण दिइएको छ । किसान जागरण अभियानको सिलसिलामा सो प्रशिक्षण दिइएको हो । जल,जमिन र जङ्गलको सदुपयोग हुन नसकेको र मासुजन्य, दुग्धजन्य र सागसब्जीहरु भारत लगायतका देशबाट आयात गर्नुपरेको तितो सत्यलाई आत्मसात गर्दै आफूलाई चाहिने अति आवश्यक वस्तुहरु किसान आफैंले उत्पादन गर्नुपर्नेमा उक्त कार्यक्रममा जोड दिइएको थियो । महासंघका केन्द्रीय सदस्य बेनु शिवाकोटीको प्रमुख आतिथ्य र एमाले मेची अञ्चल सचिव हिरा थापाको विशेष आतिथ्यमा भएको कार्यक्रम किसान जागरण अभियान सुरुङ्गाका अध्यक्ष कृष्णप्रसाद ओलीको सभापतित्वमा भएको थियो । बालुराम खरेल, हर्कबहादुर श्रेष्ठ, छबिलाल पोखरेल, टीकाप्रसाद तिम्सिना, लगायतको आतिथ्य रहेको उक्त कार्यक्रममा एमाले नेताहरु कमल पन्त, नारायणसिंह राजवंशी, छबि थपलियाले किसान संघर्ष र किसानले अब लिनुपर्ने बाटो बारेमा आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा देवीमाया दाहालको स्वागत मन्तव्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here