साइकल दौड प्रतियोगिताको उपाधि खाती र अग्रवाललाई

0
646

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

वीरता लेडी जेसीजको आयोजनामा आइतबार साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।

झापाको पर्यटन प्रवद्र्धनसहित साइकल चढ्ने बानीको विकास गर्नका लागि साइकल दौड प्रतियोगिताको आयोजना गरिएको बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले बताइन् ।

बिर्तामोडस्थित दुर्गामन्दिरबाट शुरु भएको साइकल दौड माता मन्दिर, महानन्द चोकहुँदै पुन ः दुर्गामन्दिरमा आएर टुंगिएको थियो ।

१० जना महिलाको सहभागिता रहेको साइकल दौड प्रतियोगितामा बिर्तामोडकी योगिता खाती प्रथम र मुनमुन अग्रवाल दोस्रो भएका थिए ।

विजेता प्रथमलाई चार हजार रुपैयाँ र दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको सौजन्य बिर्तामोड वनस्टपमलमा रहेको बिटीएम लिकरले गरेको थियो ।

 

बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीरता लेडी जेसीजकी अवार्ड संयोजक तथा कार्यक्रम संयोजक रोजिना पाण्डेले स्वागत र रक्तदान संयोजक विमला भट्टराईले जेसीज आस्था वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष विशाल थापा , रेडियो विराटकी प्रवन्ध निर्देशक लिला अनमोलले कोरोना कहरका बीच बीरता लेडी जेसीजले साइकल दौड प्रतियोगिता आयोजना गरेर मानवीय स्वास्थ्य तथा महिला शशक्तिकरणमा मद्यत पुर्याएको बताएका थिए ।

कार्यक्रममा बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल , पूर्व अध्यक्षहरु उर्मिला बिमलीे खरेल , राधा सुव्वा , नैनकला भट्टराई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वीरता जेडी जेसीजकी महासचिव संगिता गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here