दुहागढी ।

आफ्ना दिवंगत पितृहरुको स्मृतिमा सुवेदी परिवारले झापाको दुहागढीमा चौतारो र प्रवेशद्वार निर्माण गरिदिएकाछन् ।
स्थानीय भोला सुवेदी, चुडामणि सुवेदी र कृष्ण सुवेदीले दिवंगत पिता हरिप्रसाद माताहरु भागिरथा र लोकमाया सुवेदीको स्मृतिमा चौतारो र स्वर्गद्वारी पञ्चेश्वर शिव मन्दिरमा प्रवेशद्वार निर्माण गरिदिएका हुन् ।
६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको चौतारो र प्रवेशद्वारको उद्घाटन तथा हस्तान्तरण एक कार्यक्रमका बीच शुक्रबार सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शंकरप्रसाद पोख्रेलले प्रवेशद्वारको उद्घाटन गरेका थिए ।
सोही कार्यक्रमका बीच दाता परिवारका जेष्ठ सदस्य जय प्रसाद सुवेदीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरेलाई प्रवेशद्वार हस्तान्तरण गरेका थिए । परिवारका जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा निर्माणकर्ता चुडामणि सुवेदीले निर्माण कार्य सम्बन्धमा प्रकाश पारेका थिए ।
दाता भोला सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विश्व थापाले गरेका थिए ।






























