पीवीएम पद्धतिबाट चारपाने–राजगढ सडक कालोपत्रे गरिँदै

0
1517

सुरेन्द्र भण्डारी

बिर्तामोड, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत चारपाने–राजगढ सडक खण्डमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । गुणस्तरमा आधारित मर्मत सम्भार (पीवीएम) पद्धतिबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।

नेपालमा पहिलोपटक यो प्रविधि अपनाएर सडक निर्माण थालिएको संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले जानकारी दिए । नयाँ प्रविधिबाट सडकको कालोपत्रे गर्न शुरु गरिएसँगै सडक स्तरीय हुने विश्वास व्यक्त गरिएको छ । दक्षिणी झापाको बाह्रदशी गाउँपालिकास्थित राजगढबाट सडकको कालोपत्रे गर्ने काम शुरु गरिएसँगै संघीय सांसद लिङ्देन, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसहितको टोलीले सडकको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण व्यवसायीले गुणस्तरीय काम गरेको पाइएको अध्यक्ष राजवंशीले बताए । अन्य प्रविधिको सडक भन्दा पीवीएम पद्धतिले सडक कालोपत्रे गर्दा सडक मजबुत हुने निर्माण व्यवसायी केदार गिरीले जानकारी गराए ।

एशियाली विकास बैंकको १९ करोड ५४ लाख ४७ हजार ३४२ रुपैयाँको लागतमा चारपाने–राजगढ सडकखण्ड निर्माण भइरहेको छ । सडक निर्माणका लागि कञ्चन निर्माण सेवाले काम गरिरहेको छ । सडकको १५ दशमलव ४८ किलोमिटर लम्बाइ रहेको छ भने सडकको चौडाइाँ साढे पाँच मिटर रहेको छ । सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्किने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक नयाँ प्रविधि अपनाएर सडक निर्माण थालिएको झापा क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद लिङ्देनले बताए । ठेकेदारको लापरबाही, कमसल निर्माण सामग्री प्रयोग र पुरानो प्रविधि अँगाल्दा शहरी र ग्रामीण क्षेत्रमा निर्मित सडक काम सकिएको केही समयभित्रै बिग्रिने समस्या व्याप्त रहेको बेला पहिलोपटक पीवीएम पद्धतिबाट नेपालका १६ जिल्लाका ग्रामीण सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

पीवीएम पद्धति भन्नाले गुणस्तरमा आधारित संयन्त्र हो । यो पद्धतिमा बनाएको सडक तीन वर्षसम्म बिग्रे वा भत्केमा बनाउने जिम्मेवारी ठेकेदारको हुन्छ– सांसद लिङ्देनले भने । यता बाह्रदशी गाउँपालिका अध्यक्ष राजवंशीले सडक निर्माण संगै आवागमन सहज हुने बताएका छन् । उनले बिर्तामोडसँग जोड्ने सबैभन्दा छोटो सडक भएकाले यहाँका नागरिकमा सडक निर्माणसंगै खुशियाली छाएको उनले बताए । सडकको नाम नै कृषि सडक रहेकाले कृषिजन्य उत्पादनलाई बिक्री बिरणका लागि बजारसम्म पु¥याउन समेत सहज हुने अध्यक्ष राजवंशीले बताए । छिटोछिटो सडक बिग्रिने समस्याले सर्वसाधारणलाई आजित पारेको बेला स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग अन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी)ले पहिलोपटक यो पद्धतिमा १६ जिल्लाका सडक स्तरोन्नति गर्न थालेको हो । यो पद्धति हाल ग्रामीण सडकमा कालोपत्रे गर्दाको पद्धतिभन्दा निकै गुणस्तरीय हुने प्राविधिक बताउँछन् । गुणस्तरीय पद्धतिबाट देशभरिका १६ जिल्लामा तीन सय ८८ किलोमिटर सडकलाई कालोपत्रे गर्न २७ सडक खण्ड छनाट गरिसकेकको आयोजनाले जनाएको ै छ । जसमा झापामा मात्रै चारवटा सडक छनौटमा परेको र काम भइरहेको बताइएको छ । चारपाने–राजगढ सडकसँगै अमलडाँगी–सोलमारी सडकखण्ड निर्माणाधीन रहेको छ । यो सडकखण्ड निर्माणका लागि १३ करोड ६५ लाख ७१ हजार ७३३ रुपैयाँ लागत रहेको छ ।

११ दशमलव ५० किलोमिटर सडक निर्माणको जिम्मा पशुपति इञ्जिनीयरिङ एण्ड बिल्डर्सले लिएको छ । त्यस्तै पाडाजुँगी–खजुरगाछी सडक र खर्सङबारी–अधिकारी चोकमा दुईवटा १६.५ किलोमिटर सडक निर्माण गर्नका लागि विष्णु निर्माण सेवाले काम गरिरहेको छ । १०.३ किलोमिटर लम्बाइ रहेको पाडाजुँगी–खजुरगाछी सडक निर्माणको लागत १२ करोड २८ लाख ७० हजार ७ सय ७४ रहेको छ भने खर्साङबारी–अधिकारी चोक (६.५१ किलोमिटर) सडक निर्माणको लागत सात करोड ३९ लाख ३८ हजार १५० रहेको छ । कूल रु. ६७ करोड ९३ लाख ७९ हजार ९ सय ९५ को लागतमा निर्माण भइरहेका चारवटा सडक चिनीयाँ कम्पनी जेडसीजीआइएसी र आशीष–प्रेरा जेभी काठमाडौँले निर्माणको जिम्मा लिएर कञ्चन निर्माण सेवा, विष्णु निर्माण सेवा र पशुपति इञ्जिनियरिङ एण्ड बिल्डर्सलाई चारवटा सडक निर्माणका लागि ५२ करोड ८८ लाख ५४ हजार ९ सय ९९ रुपैयाँमा पेटी कन्ट्याकमा ठेक्का दिएको हो ।

नेपाल सरकार र एसियाली विकास बैक ‘एडीबी’ सँगको साझेदारीमा निर्माण भइरहेका चारवटा सडकको लम्बाइ ४३ दशमलव पाँच किलोमिटर रहेको छ । सन् २०१८ मार्च ३०मा सम्झौता भएका चारवटा सडकको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असार १८ गते गरेका थिए । यता पीवीएम पद्धतिबाट आयोजनाले प्रदेश नम्बर १मा पाँचथरको फिदिम–फलोट (२३.५६ किमी) र साम्दिन–नवमीडाडा ँ (१४.८५ किमी), इलामको नेपालटार–चपेटी (१३.२७ किमी) र मंगलबारे–फुएँतप्पा (९.५१ किमी) सडक कालोपत्रे गर्ने भएको छ । मोरङमा खोर्सान–केराबारी (१३.६१ किमी) र लक्ष्मीमार्ग– अमाही (२८.१३ किमी), सुनसरीमा इनरुवा–छिटाहा (१२.७८ किमी) र झुम्का–लाकुरी (१८.७६ किमी) तथा प्रदेश नम्बर १मै पर्ने धनकुटाको मुढे–चनुवा (१०.३४ किमी) ग्रामीण सडक कालोपत्रे हुँदैछन् ।

 

https://purwanchaldaily.com/wp-content/uploads/2019/06/13-mangsir-final.pdf

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here