अर्जुनधारामा भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु

0
746

झापा ।

झापाको अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित मुसी चोकमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दिपक बुढाथोकी रहेका छन् । झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मोटरसाइकल र जेसीवीबीच सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ३५ वर्षीय मोटरसाइकल चालक बुढाथोकीको ज्यान गएको ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यले जानकारी दिए ।

प्र.०१–०१–० र १२ प ७१५४ नम्बरको मोटरसाइकल र को १ क १८५७ नम्बरको जेसीवीबीच दुर्घटना भएको प्रहरीले जनाएको छ । जेसीवी चालक अर्जुनधारा ९ का सुदीप खनाललाई प्रहरी पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here