कृषि उत्पादनमा सहकारीले बिचौलियाको अन्त्य गर्नु पर्छः मन्त्री राना

0
1578

विमल दहाल,
माई इलाम

सहकारी संस्थाहरुले कृषि उत्पादनमा बिचौलियाहरुको अन्त्य गर्नु पर्ने १ नम्बर प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले बताँउनुभएको छ । वहाँले कृर्षि सहकारी संस्थाले कृषकले उत्पादन गरेका कृर्षि सामाग्रीको ब्यावसायिककरण र बजारीकरणमा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

इलामको माई नगरपालिका–४ शुक्रबारे गैरीगाँउमा साना किसान महिला कृषि सहकारी संस्थाको नबनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रानाले केही सहकारी संस्थाहरु सरकारको भन्दा बढी पुँजीगत कारोबार गर्ने भएकाले थप कार्य गर्न सक्ने धारणा राख्नुभयो । वहाँले महिला मात्रैले सञ्चालन गरेको सहकारी पारदर्शि र चलायमान रहने भन्दै त्यस्ता सहकारीमा भष्ट्रचारको गुञ्जायस नरहने धारणा राख्नुभयो ।

सहकारी संस्थाको नवनिर्मित २ तले भवन उद्घाटन कार्यक्रममा मन्त्री रानाले भुगोल, क्षेत्र र समुहका आधारमा सा–साना सहकारी एक हुन समेत सुझाब दिनुभयो । इलामबाट प्रदेश साँसद समेत रहेका मन्त्री रानाले प्रदेश सरकारले कृर्षिमा यन्त्रीकरण सहयोग गर्ने बताँउनुभयो । झापाबाट इलाम, देउमाई, माङ्गसेबुङ्ग, रबि–राके सम्मको सहज सडक सञ्जाल रहेको तथा मदन भण्डारी राजमार्ग समेतले छुने माई नगरपालिकाबाट कृर्षि उत्पादन, संकलन, बजारीकरण गर्न सबैमा आग्रह गर्नुभयो । वहाँले चुरे क्षेत्रमा रहेका ब्यबसायिक खेतिका रुपमा सजिवन ९मोरिङ्गो०, फलफुल, जंगली बाँस तथा माछा पालन उपयुक्त रहने धारणा राख्नुभयो ।

करिब ८० लाख रुपैयामा निर्माण सम्पन्न भएको सहकारी संस्थाको उद्घाटन कार्यक्रममा इलामका प्रदेश साँसद काजीमान कागते, धिरेन्द्र शर्मा रमण, माईका मेयर दिपक कुमार थेबे, उपमेयर बिष्णुमाया आचार्य, वडाध्यक्षहरु सुर्य प्रसाद दुलाल, रामप्रसाद सदेम्वा, भक्त बहादुर आङ्गदम्बे, खम्बसिंह लिम्बु, मुखराज आङ्गदम्बे, नेकपाका नेता ध्रुव श्रेष्ठ, बुद्धि खनाल, शिबलाल आचार्य, भक्क्त बहादुर लुङ्गेली लगायतको सहभागिता रहेको थियो ।

यसैबिच प्रदेश सरकारको सहयोगमा माई–४ डाँडा गाँउमा नसिब निर्माण सेवा इलामले निर्माण गर्दै गरेको चिस्यान केन्द्रको समेत मन्त्री रानाले अनुगमन गर्नु भएको छ ।

त्यस्तै शनिबारनै दानाबारी गाबिसका पुर्ब अध्यक्ष रत्नबहादुर अधिकारीका बुवा बम बहादुर अधिकारीको श्रद्धाञ्जली सभा र माई–१० लुम्बकमा नेकपाका नेता राम सञ्जेलको हजुरआमा कृष्णमाया सञ्जेलको श्रद्धाञ्जली सभामा समेत मन्त्री राना सहभागी रहनुभएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here