आर्यघाटबाट सिन्दुर पोतेमै फर्किन् रेनुका

0
706

टीकाराम नेति/ झापा ।

श्रीमान्को अन्त्येष्टि स्थानीय देवनिया नदीको घाटमा सकियो । पत्नीले दागवत्ती पनि दिइन् ।

सेतो कपडा पनि लगाइन् । तर, आफैंसँग भएको सिन्दुर, टीका, पोते र चुरा भने उनले फुकाल्न मानिनन् र सेतो लुगामा ती सवै साजश्रृंगारका सामग्री लगाएरै घर फर्किन् । उनी अर्थात् झापा विर्तामोड नगरपालिका–८ नेपालचौककी रेनुका नेपालले श्रीमान्को मृत्यु पश्चात पनि आफूले लगाउँदै आएको सिन्दुर चुरापोते टीका केही पनि त्याग गरिनन् वरु श्रीमान्को प्रसाद भन्दै लगाएरै आइन् ।

५ सयभन्दा धेरै मलामी गएका स्थानीय त्यतिवेला झसंग भए जतिबेला रेनुकाले घाटबाट सबै सिंगार नपखाली घर फर्किन् । हिन्दू धर्म परम्परा अनुसार श्रीमान्को मृत्युपछि सिन्दुर, चुरा, टीका, पोते सवै चितामा नै चडाइदिने प्रचलन रहेको छ । तर, रेनुकाले श्रीमान् केशव नेपालले आफूलाई समाज राखेर प्रसादको रुपमा दिएको यी सवै श्रृंगार नखोल्ने बताइन् ।

हिन्दू परम्परा मानेर सवै चुडाउने फुटाउने लाई म केही भन्दिनँ तर यो परम्परा मलाई ठीक लाग्दैन । मेरो श्रीमान्ले पनि यो नफाल्नु भन्नुभएको थियो । त्यसैले मैले नफालेको म एकै सेकेण्ड पनि यो बिना बस्न सक्दिनँ रेनुकाले भनिन् ।

५८ वर्षीय रेनुकाका श्रीमान् दशैंमा ‘इभिनिङ वाक’ गर्दैगर्दा सवारी दुर्घटनामा परेर उपचारको क्रममा आइतवार मृत्यु भएको थियो । श्रीमान्÷श्रीमतीसँगै ‘इभिनिङ वाक’ गरिरहेको समयमा देवनियाँ डाँडामा मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । दुई छोरा, दुई छोरीकी आमा रेनुका गृहणी हुन् । उनका श्रीमान् सामान्य व्यापार गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here