मध्यरातमा चाैपाय तस्करी, सीमा क्षेत्रबाट ४७ गाई-गोरु नियन्त्रणमा

0
983

विराटनगर,

नेपालबाट तस्करी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ४७ वटा गाई-गोरु नियन्त्रणमा लिएको छ ।सोमबार बिहानको राति करिब १:३० बजे मोरङको धनपालथान गाउँपालिका – १ गडेरीया चोकबाट गाई गोरु नियन्त्रणमा लिएको हो ।

नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले २९ वटा गाई, १५ वटा गोरु, एक बाछी र २ बाछा नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाई-गोरुको मुल्य पाँचलाख २१ हजार भन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । भेटनरी क्वारेटाइनको सिफारिस नगरी भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिइएको चौपाय कारवाहीका लागि भन्सार कार्यालय रानी बुझाइएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here