गोर्खा बचत साकोसको १४ औं बार्षिक साधारणसभा

0
888

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

गोर्खा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष मनबहादुर पाहिम लिम्वूको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल शिवाकोटीले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मनबहादुर पाहिम लिम्वूले संस्थाले वार्षिक प्रतिवेदन सार्वजनिक गरि मंसीर १७ गतेदेखि २१ गतेसम्म कार्यालयबाट संस्थाका शेयर सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरिएको र उनीहरुबाट सुझाव लिएर २२ गते सोमबार संस्थाको १४ औं वार्षिक साधारणसभा समापन गरिएको वताए ।

उनले कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार संस्थाको १४ औं वार्षिक साधारणसभा गरिएको वताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मनबहादुर पाहिम लिम्वूले बार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार आठ सय ६९ जना, शेयर पुँजी एक करोड ८ लाख ६३ हजार दुई सय रुपैयाँ , निक्षेप संकलन १२ करोड १२ लाख ५१ हजार एक सय १५ रुपैयाँ ७४पैसा , कूल ऋण लगानी तीन करोड ६० लाख ९८ हजार दुई सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुन्दर वचत तथा ऋण सहकारी संसथाका सचिव प्रेमप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा संस्थाकी बजार प्रतिनिधी विष्णुप्रिया दाहाललाई उत्कृष्ट कर्मचारीको रुपमा नगद दुईहजार पाँच सयसहित पुरस्कृत गरिएको थियो ।सोही साधारणसभाले लेखा समितिको संयोजकमा प्रकाशकुमार सिटौलालाई चयन गरेको बताइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सुरेश गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here