अभिनेत्री श्‍वेता खड्काले विजयेन्द्रसँग कसिन् लगनगाँठो

0
803

काठमाडौं,

अभिनेत्री श्‍वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो।

श्‍वेताले आइतबार मात्रै सामाजिक सञ्‍जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्।

श्‍वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्‍वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।

लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्‍वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here