रमेश र नन्दाले लगनगाँठो कसे

0
1049

झापा ।

तस्वीर सामाजिक सञ्जालबाट

झापाको मेचीनगर–१० काँकरभिट्टा घर भका चर्चित वक्ताका रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रमेश प्रसाईले कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा लगनगाँठो कसेका छन् ।

आज उनीहरुले धरानमा विहे गरेका हुन् । धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा रहेको छ । काँकरभिट्टाको भानुटोलमा दसानो घडेरीमा उनको दुईतले घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।

जन्ती जाँदा लगाएको दौरा, सुरुवाल, कोट र टोपीमा उनी निकै खुलेका थिए, साह्रै सुहाएको थियो । निकै हतारमा रहेका उनीसँग फोटो खिचाउन भीड लागेको थियो । वेहुली नन्दा सिंह काठमाडौंबाट विहेका लागि धरान आएर आफन्तको घरमा बसेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here