विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक

0
640

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

झापाको बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले आगामी ११ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने संस्थाको बार्षिक नीति तथा कार्यक्रमसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

 

संस्थाको आगामी पुस १५ गते हुने ११ औं बार्षिक साधारणसभाका लागि तयार पारिएको बार्षिक प्रगति प्रतिवेदन संस्थाका संस्थापक अध्यक्ष गोपाल काफ्ले, अध्यक्ष नविन खरेल, उपाध्यक्ष यादवकुमार ओली, सचिव डिल्लीराम प्रसाईंलगायतले सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण संस्थाका सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागको सहकारी संस्थाको साधारणसभा सम्बन्धी जारी निर्देशिका अनुसार संस्थाको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेर संस्थाका शेयर सदस्यहरुलाई बितरण गरिने संस्थाका अध्यक्ष नविन खरेलले बताए ।

संस्थाले मंसीर २४ गतेदेखि कार्यालयबाट संस्थाका शेयर सदस्यहरुलाई वार्षिक प्रगति प्रतिवेदन वितरण गरिने र उनीहरुबाट सुझाव लिएर आगामी पुस १५ गते हुने ११ औं बार्षिक साधारणसभा गरिने उनले वताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष नविन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य दुई हजार ८४ जना, शेयर पूँजी एक करोड ८३ लाख ९ सय रुपैयाँ , निक्षेप एक करोड ८३ लाख ४३ हजार दुई सय ३० रुपैयाँ ३९ पैसा , ऋण लगानी तीन करोड आठ लाख २२ हजार सात सय २५ रुपैयाँ ४१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले विराट सदस्य स्वास्थ्य राहत कोष अन्र्तगत ९ सदस्यलाई ५० हजार रुपैयाँ बराबरको राहत उपलब्ध गराएको छ भने आगामी वर्ष संस्थाले बचत खातालाई निरन्तरता दिने, बालबचत खातालाई व्यापक बनाउने, अञ्जलि हस्पिटल बिर्तामोडको सहकार्यमा सदस्यलाई उपचार खर्चमा छुट दिने, कर्जा व्यवस्थापनमा कडाई गर्ने, पसल उपसमितिलाई थप जिम्मेवारी बनाउने, सदस्य सक्रियता कार्यक्रम, बचतलाई डिजिटलाइज गर्ने, एसएमएस प्रविधि शुरु गर्ने, घरेलु उत्पादनलाई प्रोत्साहन , महिला सदस्यलाई हौसला , सदस्यता वृद्धि , विराट सदस्य स्वास्थ्य राहत कोषलाई व्यापकता , थम्ब हाजिरी सिस्टम , रेमिट्यान्स सेवाको सुरुवात ,शेयर वोनस वितरण गर्नेलगायतका कार्यक्रम अघि सारेको उनले बताए ।

उनले आगामी पुस १५ गते हुने ११ औं बार्षिक साधारणसभाले संस्थाको पाँचौ नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन गर्ने र त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको उनले बताए ।

निर्वाचन सम्पन्न गर्न बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल संयोजक र अधिवक्ता तेजप्रसाद कट्टेल र शेयर सदस्य कृष्ण पौडेल सदस्य रहेको निर्वाचन समिति चयन गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवकुमार ओलीले कर्जा उपसमितिको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिका संयोजक सन्तोष प्रसाईंले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here