छात्रवृत्तिका चिकित्सकलाई पाँच दिनभित्र खटाएको अस्पतालमा जान सरकारको निर्देशन

0
506

काठमाडौं,

सरकारले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकहरुलाई पाँच दिनभित्र अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। यदि खटाइएको स्थानमा पुगेर हाजिर नभएमा कारवाहीको चेतावनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

पाँच दिन भित्र हाजिर नभएमा सरकारको तर्फबाट पढाउन गरिएको लगानी असुलउपरसहितका कारवाही अघि बढाउने चेतावनी पनि मन्त्रालयले दिएको छ।

‘चिकित्साशास्त्र छात्रवृति छनोट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्क परिचालन कार्यविधि, २०७२ को दफा ६(१) को प्रावधानअनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकहरुले खटाइएको अस्पतालमा पाँच दिनभित्र अनिवार्य हाजिर हुनू’, मन्त्रालयले एक निर्देशन जारी गर्दै भनेको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), त्रिवि शिक्षण अध्ययन संस्थान(आइओएम) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडी-एमएस-एमडिएस अध्ययन पूरा गरेकालाई कबुलियतनामा बमोजिम मन्त्रालयले सरकारी अस्पतालमा खटाउने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here