मानव अधिकार दिवस र अपेक्षा

0
854

मानिसलाई जीवनयापन गर्न आधारभूत अधिकारको आवश्यकता हुन्छ । त्यस्ता आधारभूत अधिकार मानव जीवनको मर्यादा, स्वतन्त्रता र स्वाभिमानसँग जोडिएका हुन्छन् । विश्वका करोडौं प्राणीहरुमध्ये मानव श्रेष्ठ प्राणी हो भन्ने आधार पनि त्यही हो । त्यसैले विश्वमा मानव अधिकारलाई प्रमुखताका साथ हेरिन्छ र त्यसको पालनाका लागि अनेक सभा, सम्मेलन, गोष्ठीहरुका माध्यमबाट प्राप्त निष्कर्षलाई सन्धिका रुपमा अनुमोदन गरिन्छ । सबै देश, धर्म र संस्कृतिका आम नागरिकका लागि बिना भेदभाव आधारभूत नैतिक मान्यताका आधारमा प्रत्याभूत गरिएको अधिकार नै मानव अधिकार हो । यो जाति, भाषा, धर्म, लिङ्ग, राष्ट्रियता, आर्थिक अवस्था र सीमानाका आधारमा संयुक्त राष्ट्रसंघको सन् १९४८ मा सम्पन्न महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको थियो । त्यही इतिहासको स्मरण गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय महत्वको त्यही ऐतिहासिक दिवस हो आज । अर्थात् डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी इतिहासलाई स्मरण गरिन्छ । यो दिनले सम्पूर्ण मानव जातिलाई आधारभूत मानव अधिकारप्रति सचेत गराउँछ र अधिकार प्राप्तिका लागि आवाज उठाउन प्रेरीत गर्दछ । यसकै आधारमा बिना कुनै भद्भाव मानवलाई सशक्त बनाउँछ, बन्धुत्वको भावना जाग्रत गराउँछ र द्वन्द्वलाई रोकेर शान्ति स्थापनामा मद्दत पु¥याउँछ । यसकै सहायताले मात्र शिक्षा, स्वास्थ्य, यात्रा, व्यापार लगायतको उपभोग र सेवाको सुनिश्चितता सम्भव छ । यसैले प्रत्येक मानवले जन्मिँदै प्राप्त गरेका अधिकारहरुको उपयोग गर्दै बन्धुत्व, प्रेम, सद्भाव र सहिष्णु भावको विकास गर्न सहयोग गर्छ ।

आज विश्व कोभिड–१९ को प्रभावमा परेको छ । यसले विश्वका मानव जातिमा जीवन रक्षाको त्रास खडा गरेको छ । त्यसैले मानव अधिकारका आधारशिलाहरु पनि कमजोर बनिएका छन् । त्यसलाई रोक्न सरकारहरुले अख्तियार गरेको प्रावधानले हिँडडुल गर्न, पढ्न, घुम्न लगायतका अधिकारको उपभोग गर्न पाइएको छैन । त्यसैगरी अहिले मानवीयता, नैतिक मूल्य र मान्यता स्खलित भइरहेको छ । बालिकादेखि वृद्धासम्म शारीरिक शोषणमा पर्दैछन्, कतै आर्थिक कारणले दबिएका छन् कतै धर्म, लिङ्ग र भाषाका आधारमा विभेद भइरहेको छ । विश्वभर कतै सत्ताका लागि सशस्त्र द्वन्द्व भइरहेका छन्, द्वन्द्वकै चपेटामा कैयौंको मानव अधिकार हनन् भएको छ, पीडितले न्याय पाएको छैन, पीडक सत्ताको सुख भोगिरहेको छ । अपराधी र दोषीहरुलाई शासन हातमा लिनेहरुले नै संरक्षण दिइरहेका छन् । कमजोर वर्ग झन् कमजोर बन्दैछ । यस्तोमा मानव अधिकार दिवसले आफूलाई चिन्ने र सशक्त बन्ने प्रेरणा दिओस्– शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here