झापामा वृद्धाको बलात्कारपछि हत्या

0
747

झापा ।

झापाको मेचीनगर १३ स्थित चारआली नजिकै ७० वर्षीया एक वृद्धाको बलात्कारपछि हत्या भएको छ ।

पूर्ब पश्चिम राजमार्गको पाउँपाथीभरा मन्दिर अगाडि कल्भर्टमुनि अर्जुनधारा नगरपालिका ११ निवासी ७० वर्षीया वृद्धा माइना हस्दाको बलात्कारपछि हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

वृद्धाको बलत्कारपछि हत्यामा सम्लग्न भएको आरोपमा भद्रपुर नगरपालिका –४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । विर्जा आफैंले कल्भर्ट मुनि वृद्धाको शव फेला परेको भन्दै प्रहरीलाई खवर गरेको बताइएको छ ।

सोधपुछका लागि प्रहरीले वृर्जालाई राखेपछि उनी आफैंले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here