वार्षिक नीति तथा कार्यक्रम र बजेट

0
2096

१. यस संस्थाको गरिमामय २४औं वार्षिक साधारणसभामा आ.व. ०७७÷०७८ को लागि वार्षिक नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
२. यो बजेटले रजत वर्षलाई सफलताका साथ समापन गर्दै स्वर्ण महोत्सवको लागि प्रस्थान विन्दुको रुपमा आधार तयार गरेको छ ।
३. बजेट तर्जुमा गर्दा हामीले सहकारीको मूल्यमान्यता र सिद्धान्त, कार्यालयस्तरमा तय भएका योजनाहरूको समावेश, विगतका नीति, कार्यक्रमहरूको तुलनात्मक अध्ययन, सदस्य सर्वेक्षण तथा सुझावहरू, सदस्यहरूसँगको नियमित छलफल तथा अन्तरक्रियाका क्रममा प्राप्त विचारहरूलाई मार्गदर्शनको रुपमा लिएका छौं ।
४. विश्वव्यापीरुपमा कोरोनाको महामारीबाट पारेको आर्थिक मन्दिबाट बाहिर निस्कनको लागि अधिकतम् प्रयास स्वरुप बजेटमा समावेश गरिएको छ ।
५. संस्थाको सेवा क्षेत्र र संरचनाहरुको विस्तार, पूर्ण प्रविधिमैत्री वातावरण, आन्तरिक सुशासन कायम, उद्यमशीलता र व्यवसाय विकासतर्फ उन्मुख साथै सेवामा गुणस्तरीयता र व्यावसायिकताको विकास गर्दै ज्ष्नज उभचायचmबलअभ यचनबलष्शबतष्यल को रुपमा अघि बढ्नेतर्फ बजेट लक्षित छ ।
६. नेपालको संविधान २०७२ ले व्यवस्था गरेको तीन खम्बे अर्थ नीतिमा सहकारीलाई महत्वपूर्ण पिलरको रुपमा स्वीकार गरिएको छ । यसै वर्ष मात्र सहकारीको २५ वर्षे रणनीति तयार भई स्पष्ट खाका तयार भएको छ ।
७. सरकारले अबका दिनहरुमा आर्थिक समृद्धिमा जोड दिँदै सहकारीहरु मार्फत साना–मध्यम उद्यम (क्ःभ्) र व्यावसायिक कृषिमा उत्पादन, प्रशोधन र बजारीकरण गर्दै अघि बढ्ने सोच राखेको छ । जसबाट आयात प्रतिस्थापन र आत्मनिर्भरतामा जोड पुग्नेछ ।
८. संस्थामा उपलब्ध स्रोत र साधनहरुलाई अधिकतम् परिचालन गरी सदस्यको समृद्धि, सामाजिक र सांस्कृतिक रुपान्तरण तथा संस्थागत संस्कार निर्माण गरी सदस्य, समुदायले केही वर्षभित्रै प्रत्यक्ष अनुभूति गर्न सक्ने नतिजा देखिने कार्यक्रमलाई बजेटमा प्राथमिकताका साथ राखिएको छ ।
९. वित्तीय बजारमा कोरोनाको प्रभावबाट पर्याप्त लगानी नभई रहेको हुँदा तरलता अधिकता रहनु, सन्दर्भ ब्याजदरबाट ऋणको ब्याजदर घटेकाले सोबाट संस्थाको कारोबारमा पर्न सक्ने असर आँकलन गरी बजेट निर्माण गरिएको छ ।
१०. यस संस्थाले प्रथम पञ्चवर्षीय योजनालाई सिकाई र सक्रियता वर्षको रुपमा, दोस्रो पहिचान र सुदृढीकरण, तेस्रो सक्षमता र सबलीकरण, चौथो विस्तार र सञ्जालीकरण तथा पाँचौँ पञ्चवर्षीय योजनालाई व्यावसायिकता र एकीकरण वर्षहरूको रुपमा परिभाषित गरेको छ भने छैटौँ पञ्चवर्षीय योजनालाई सूचना–प्रविधि र विशिष्टीकरण वर्षहरुको रुपमा परिभाषित गरिएको छ ।
११. यो वार्षिक नीति, कार्यक्रम र बजेट संस्थाको आधारशीलाको रुपमा रहेका सदस्यहरूको संरक्षण, सम्बद्र्धन, सामाजिक सुरक्षा, जीवनस्तर सुधार, रोजगार बृद्धि तथा संस्थाको मेरुदण्डको रुपमा रहेको कर्मचारीको सेवाको ग्यारेण्टी, क्षमता अभिबृद्धि, वृत्ति विकास र संस्थाको सक्षमता तथा दिगोपनाका लागि आधारशीला तयार गर्नेतर्फ केन्द्रित गरिएको छ ।
१२. यो बजेट संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य प्राप्तिमा सघाउ पुग्ने गरी निर्माण गरिएको छ । साथै, नेपाल सरकारको “सुखी नेपाली समृद्ध नेपाल”को नारालाई टेवा पु¥याउने गरी तयार गरिएको छ ।
संस्थाको वित्तीय अवस्था
१३. आ.व. ०७६÷०७७ मा संस्थाको शेयर पूँजी १ अर्ब ३४ करोड ९१ लाख रहेको छ । चालू आ.व.मा यसलाई बृद्धि गरी १ अर्ब ५० करोड पु¥याइनेछ । यो कूल सम्पत्तिको १४.७३ प्रतिशत हुनेछ ।
१४. त्यसरी नै हाल संस्थाको कूल बचत ६ अर्ब १० करोड ९४ लाख रहेको छ । चालू आ.व.मा यसलाई बृद्धि गरी ९ अर्ब ५० करोड पु¥याइनेछ । यो कूल सम्पत्तिमा बचतको ६८ प्रतिशत रहेको हुनेछ ।
१५. चालू आ.व.सम्म संस्थाको आन्तरिक स्रोतहरू (शेयर, बचत, संस्थागत पूँजी) १२ अर्ब र बाह्य स्रोतहरू (बैंक तथा वित्तीय संस्थाबाट ऋण) १ अर्ब गरी संस्थाको कूल पूँजी १३ अर्ब पु¥याइनेछ ।
१६. यस वर्ष सदस्यहरूलाई विभिन्न क्षेत्रमा गरेको ऋण लगानी ७ अर्ब ३५ करोड रहेकोमा चालु आ.व.मा यसलाई बृद्धि गरी ९ अर्ब पु¥याइनेछ ।
१७. यस आ.व.मा कूल आम्दानी १ अर्ब ६६ करोड र खर्च १ अर्ब ३० करोड गरी खुद नाफा ३६ करोड हुनेछ ।
चुनौतिहरू
१८. कोभिड–१९ को कारणबाट सदस्यहरुको व्यापार–व्यवसाय राम्ररी सञ्चालन हुन नसक्दा ऋणको माग नहुने र ऋणको भाखा नाघ्न सक्ने भएको हुँदा कर्जाको नियमिततालाई अगाडि बढाउनु पर्ने ।
१९. नयाँ सहकारी ऐनले पार्न सक्ने नीतिगत तथा कानूनी रुपमा पार्न सक्ने कठिनाइलाई सामना गर्दै अगाडि बढ्नु पर्ने । साथै, स्थानीय तहसँग सम्बन्धको विकास र समन्वय गरी अघि बढ्नुपर्ने ।
२०. “जिवन बा“चे सबथोक गर्न सकिन्छ” भन्ने मान्यतालाई आत्मसात गर्दै सदस्य तथा कर्मचारीको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै वित्तीय कारोबार सञ्चालन गर्नुपर्ने ।
२१. शेयर सदस्यहरूले प्राप्त गरिरहेका सेवा सुविधाहरू, स्वास्थ्य योजना, सामाजिक सुरक्षा कार्यक्रम र जनउत्तरदायी सामुदायिक कार्यक्रमहरूलाई निरन्तर अझ बढाउँदै लैजानुपर्ने ।
२२. रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने तथा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोजगार प्रदान गर्दै स्वदेशमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने ।
२३. प्रदेश तथा स्थानीय तहसँगको समन्वय र साझेदारीतालाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने ।
२४. पूँजीको उपलब्धता तथा आयआर्जन र उद्यमशीलता सिपको माध्यमबाट सदस्यहरूलाई स्वरोजगारको अवसर प्रदान गरी आर्थिक जीवनस्तर उठाउन सहयोग गर्नुपर्ने ।
२५. सम्पत्ति शद्धीकरण ऐन कार्यान्वयनका लागि प्थ्ः अपडेट गराउँदै पूर्णरुपमा लागू गर्नुपर्ने ।
२६. संस्थाले एकीकरण प्रक्रियालाई प्रोत्साहन नै गरिरहेको छ । एकैचोटी धेरै संस्था मर्ज हुँदा कार्य प्रणालीमा एकरुपता नहुँदा केही समय अप्ठयारो पर्न सक्छ । अतः एकीकरण प्रक्रियालाई सुरक्षित, सौहाद्र र सहज वातावरण बनाउँदै अघि बढ्नु पर्ने ।
२७. संस्थाले प्रतिस्पर्धात्मक वित्तीय बजारमा अन्य सहकारी तथा वित्तीय संस्थाहरू भन्दा उन्नतस्तरको सेवासुविधा उपलब्ध गराई सदस्यहरूमा संस्थाप्रतिको आशा, भरोसा कायमै राख्नु पर्ने ।
२८. अबका दिनहरुमा डिजिटल युगको प्रारम्भ भइसकेको छ । सदस्यहरुलाई वित्तीय कारोबार प्रविधि मार्फत् अभ्यस्त बनाउनु पर्ने छ । साथै संस्थालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लानु पर्ने ।
२९. संस्थाको विकास र विस्तारसँगै भविष्यमा आउन सक्ने जोखिम र चुनौतीहरुको सामना गर्न सक्ने दीगोपनको खोजी गर्नुपर्ने ।
संस्थाको सोच
३०. सम्पूर्ण वित्तीय सेवा प्राप्तिका लागि सदस्यहरूको पहिलो रोजाईको संस्था हुने ।
३१. नेपालका सम्पूर्ण अस्पतालहरुमा सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता प्रदान ।
३२. सबै सदस्यहरुको सुरक्षित आवासको व्यवस्थाको लागि प्रबन्ध गरिने ।
३३. जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति र अनाथ बालबालिकाको संरक्षणका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने ।
३४. कृषिलाई व्यावसायीकीकरणका लागि किसान मोडल तयार गरी सदस्यहरुलाई संलग्न गराउने ।
३५. हजारौँ युवालाई पूँजी र प्राविधिक सिप दिई स्वरोजगार बनाउने अभियान सञ्चालन गरिने ।
३६. उद्यमशीलता र व्यवसाय विकासको माध्यमबाट सदस्यको समृद्धिमा सहयोग पु¥याउने ।
३७. शिक्षा क्षेत्रको विकासका लागि प्राविधिक शिक्षालय र नमूना विद्यालय सञ्चालन ।
३८. सदस्यहरुको सहजताका लागि सूचना प्रविधिमैत्री सेवा सञ्चालन ।
३९. सहकारी क्षेत्रको एशिया स्तरको ब्राण्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाउने ।
४०. नेपालको एक उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित हुने ।
यस संस्थाको गरिमामय २४औं वार्षिक साधारणसभामा आ.व. ०७७÷०७८ को लागि वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
संस्थाका कार्यक्रमहरु
१. रजत महोत्सवको समापन
द्ध यो संस्था ०७६ चैत्र २१ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । रजत महोत्सवको उद्घाटन नहुँदै काभिड–१९ को कारण चैत्र ११ देखि नै पूर्ण लकडाउन र हालसम्म पनि भेला गराई कुनै पनि कार्य गर्न नपाउने प्रावधानका कारण संस्थाले तय गरेका १३ वटै कार्यक्रमहरुलाई क्रमशः सम्पन्न गर्दै लगिने छ ।
२. शेयर लाभांश र संरक्षित पू“जी कोष वितरण
द्धसंस्थाले पूँजी लगानी कर्ता शेयर सदस्यहरूलाई सहकारी ऐनको मातहतमा रही लगानीको अधिकतम् प्रतिफल दिने नीतिलाई निरन्तता दिँदै यस वर्ष १०% शेयर लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दछु ।
द्धत्यसरी नै संरक्षित पूँजी कोषमा भएको रकमबाट बचतमा ४०% र ऋणमा ६०% छुट्याई सदस्यले लिएको तथा तिरेको ब्याजको आधारमा सुविधा वितरण गरिनेछ ।
३. ब्याजमा सहुलियत प्रदान
द्धयस संस्थाले आफ्ना सदस्यहरुलाई व्यापार–व्यवसाय र उद्यमशीलताको लागि पूँजीको अभाव नहोस् भन्ने उद्देश्य तथा कहीँकतै धाउन नपरोस् भन्ने सोचका साथ ऋणको ब्याजदर ११–१३ प्रतिशत कायम गरिएको छ । साथै लघुवित्त कार्यक्रममा ऋणको ब्याजदर १४.७५ प्रतिशत बनाइएको छ भने बचतमा दिइने ब्याजमा पनि बजारभन्दा आकर्षक ब्याजदर प्रदान गरिने छ ।
४. कोभिड सहायता कार्यक्रम
द्धशेयर सदस्यहरुमा कोरोना पोजेटीभ देखिएर होम आइसोलेशन तथा आवश्यक परेमा आइसोलेसन सेन्टरमा बस्नु परेको अवस्थामा संस्थाले प्रतिदिन रु. ५००।– का दरले १४ दिनसम्मको लागि कोरोना भत्ता उपलब्ध गराइने छ ।
द्धत्यसरी नै कोरोनाको बिरामीबाट सिकिस्त भई अस्पताल भर्ना गराउनुपर्ने अवस्था भई आईसियू, प्लाज्मा थेरापी, च्भमmष्कष्खष्च इन्जेक्सन लगायत उपचारको लागि स्वास्थ्य योजना अन्तरगत ३ लाखसम्म सहयोग गरिने छ ।
द्धशेयर सदस्यहरुले लिएको ऋणको किस्ता तिर्न नसकेमा हाललाई हर्जना तथा जरिवाना लिइने छैन ।
द्धशेयर सदस्यलाई कोरोना पोजेटीभ भएको अवस्थामा आइसोलेशन सेन्टरको खोजी, पि.सि.आर टेष्ट, प्लाज्मा संकलन, कोरोना अस्पताल भर्ना लगायतका कुराहरुमा सहयोग प्रदान गर्न कोरोना हेल्प डेस्कको स्थापना गरिने छ ।
द्धसदस्यहरुलाई सामाजिक दूरी, मास्कको प्रयोग, हात धुने तरिका बारे जानकारी र सरसफाई सम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरिने ।
# सदस्यको व्यापार व्यवसाय राम्ररी सञ्चालन नभई रहेको अवस्थामा तनाब हटाउन र मनोबल उच्च बनाउन मनोपरामर्श प्रदान गरिने छ ।
द्धसंस्थाले कोरोना पोजेटीभ भएको अवस्थामा सदस्य तथा कर्मचारी राख्न २५ बेडको आइसोलेशन सेन्टर स्थापनाको लागि पहल गरिने छ ।
५. सामाजिक सुरक्षा योजना ः
#सदस्य पोषण भत्ता कार्यक्रम ः यस संस्थाले जेष्ठ सदस्यहरुलाई स्वस्थ्य जीवन रहनको लागि पोषणयुक्त खानपान गर्न वार्षिक पोषण भत्ता रु. ६,०००÷– लाई निरन्तरता दिइनेछ ।
#जेष्ठ सदस्य सम्मान भत्ता ः ७० वर्ष उमेर पूरा गरेका जेष्ठ शेयर सदस्यहरूलाई रु. ८,०००।– उपलब्ध गराइनेछ भने ८१ वर्ष उमेर पूरा गरिसकेपछि सो रकमलाई बृद्धि गरी वार्षिक रु. १०,०००।– दिने कार्यलाई समेत निरन्तरता दिइनेछ ।
#दीर्घायु सदस्य भत्ता ः यस संस्थाले जेष्ठ सदस्यहरुको दीर्घजीवनको कामना गर्दै ८६ वर्षदेखि ९९ वर्षसम्मका सदस्यहरुलाई दीर्घायु सदस्य भत्ता रु. २५,०००।– लाई निरन्तरता दिइने छ ।
#एकल महिला भत्ता ः यस अन्तरगत श्रीमानको मृत्यु भई एकल जीवन बिताइरहनुभएका महिला सदस्यहरुलाई वार्षिक रु. ८,०००।– लाई निरन्तरता गराइने छ ।
#एकल पुरुष सहयोग कार्यक्रम ः एकल जीवन बिताइरहनु भएका पुरुष सदस्यहरु ५८ वर्ष पूरा गर्नुहुने पुरुष शेयर सदस्यहरुलाई सहयोग वार्षिक रु. ६,०००।– उपलब्ध गराइने छ ।
६. सदस्य संरक्षण योजना
#भरोसा कार्यक्रम ः यस अन्तरगत शेयर सदस्यका छोराछोरीले आमाबाबु दुबै गुमाई अनाथ भएको अवस्थामा बालिग नहुञ्जेल संस्थाले शिक्षा र पालनपोषणको खर्च प्रदान गर्दछ ।
#हौसला कार्यक्रम ः यस अन्तरगत शेयर सदस्य पूर्णरुपमा स्थायी अशक्त र अपाङ्ग भएको अवस्थामा निजको जीवनयापनका लागि वार्षिक १० हजार उपलब्ध गराइने छ ।
द्धस्मृति कार्यक्रम ः यस अन्तरगत दिवगंत भएका शेयर सदस्य तथा कर्मचारीको सम्झना स्वरुप हरेक २÷२ वर्षमा कार्यक्रम गरी आश्रित परिवारलाई रु. २५,०००÷– समेत ५ पटकसम्म उपलब्ध गराइने छ ।
#“आश्रय” कार्यक्रम ः यस अन्तरगत घर बनाउन नसक्ने अति नै विपन्न शेयर सदस्यका ५ परिवारलाई यस वर्ष पनि घर निर्माणमा सहयोग गरिने छ ।
#परिवार राहत कार्यक्रम ः यस अन्तरगत शेयर सदस्य ७५ वर्ष पुगेपछि स्वयम्लाई नै तथा मृत्यु भएको अवस्थामा परिवारका सदस्यहरुलाई जीवनयापन सहजताको लागि उपलब्ध गराउँदै आएको ५ लाखसम्मको परिवार राहत कार्यक्रमलाई यस वर्ष पनि निरन्तता दिइने छ ।
७. स्वास्थ्य सेवा योजना
#घर दैलो स्वास्थ्य सेवा ः अस्पतालबाट अप्रेशन गरी घर फर्केका सदस्यहरुलाई नियमित ड्रेसिङ्ग लगायतका प्राथमिक उपचार सेवा उपलब्ध गराइने छ ।
#सञ्जीवनी कार्यक्रम ः यस अन्तरगत नियमित औषधि सेवन गर्नुपर्ने प्रमुख १० वटा रोगहरु उच्च रक्तचाप, सुगर, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, मुटु, मृगौला, दम, छारे रोग र कोलाइटीटिसका बिरामीहरुलाई ५० प्रतिशत सहयोग उपलब्ध गराइने छ ।
#सिनियर सिटीजन हेल्थ केयर ः यस अन्तरगत यो वर्षदेखि जेष्ठ सदस्य तथा बृद्ध आमाबुबाहरु विरामी भई घरमा नै मिनि अस्पतालको सेवा दिन सहज बनाउन ह्वील चियर, अस्पताल बेड, कुर्सी, अक्सिजन न्युनतम् शुल्क लिई पछि निको भएपछि फिर्ता हुने गरी प्रदान गरिने छ ।
#वेलनेस सेन्टर स्थापना ः यस अन्तरगत एक सुविधा सम्पन्न डाइग्नष्टिक सेन्टर स्थापना गरी सदस्यहरुलाई सहुलियत सेवा प्रदान गरिने छ ।
#विश्वासिलो अनलाइन फार्मेसी सञ्चालन ः यस संस्थाले सदस्यहरुको घरदैलोमा नै औषधि उपलब्ध गराउन अनलाइन फार्मेसी सञ्चालन गरिनेछ ।
#एम्बुलेन्स सेवा सञ्चालन ः यस संस्थाले एक सुविधासम्पन्न एम्बुलेन्स खरिद गरी सञ्चालन गरिनेछ ।
#जीवन बरदान कार्यक्रम ः यस अन्तरगत एक साना तथा मझौला शल्यक्रिया, प्रसुती सेवा, दुर्घटना र विशेष रोगहरुमा निर्देशिका बमोजिम सुविधा प्रदान गरिने छ ।
#सुत्केरी पोषण कार्यक्रम ः यस संस्थाका महिला शेयर सदस्य सुत्केरी भएको अवस्थामा पहिलो दुई सन्तानसम्म रु .२,०००÷– बराबरको पोषण सामग्री उपलब्ध गराइने छ ।
८. कृषि–पशु व्यवसाय प्रवद्र्धन योजना
#कोशेली घर सञ्चालन ः यस अन्तरगत सदस्यहरुले उत्पादन गरेको वस्तुहरु बिक्रीवितरण र बजारीकरणको लागि कोशेली घर सञ्चालन गरिने छ ।
#टनेल भिलेज निर्माण ः यो अवधारणा अन्तरगत शेयर सदस्यहरुलाई व्यावसायिक तरकारी खेती गर्न टनेल, थोपा सिँचाई, सोलार पम्प, यान्त्रिकीकरणलाई प्रवद्र्धन गरिने छ ।
#कृषि मूल्य श्रृंखला कार्यक्रम ः यस अन्तरगत व्यावसायिक बाख्रा, कुखुरा उत्पादन गर्ने किसान, फ्रेस हाउस, दाना उद्योग, एग्रोभेट, होटल सबैलाई एउटै चेनमा राखिने छ साथै यस वर्ष संस्थाले ५००० जनालाई ऋण र प्राविधिक सिप उपलब्ध गराउने छ ।
#मौरी उद्योग सञ्चालन ः यो संस्थाले सहकारी साझेदारी अवधारणा अनुरुप सतासी महिला कृषि सहकारी संस्थासँगको साझेदारीमा सञ्चालन गर्दै आएको मह उद्योगलाई अझ प्रभावकारी रुपमा अघि बढाइने छ ।
#कृषि स्रोत केन्द्र निर्माण ः संस्थाले शिव सतासी न.पा. दोमुखामा रहेको जग्गामा बाख्रा, मौरी र तरकारीको स्रोत केन्द्र निर्माण गरिने छ ।
#कृषि आयआर्जन कार्यक्रम ः यस अन्तरगत च्याउ खेती, मौरी, माछापालन, पशुपालन, तरकारी खेती लगायतका तालिम २००० जनालाई प्रदान गरिने छ ।
९. संस्थागत विकास योजना
#सूचना प्रविधिमा सदस्यको पहुँच ः यस अन्तरगत संस्थाले आफूलाई प्रविधिको क्षेत्रमा अब्बल बनाउँदै सदस्यलाई ट्याबलेट, मोबाइल, मर्चेण्ट र एसएमएस बैकिङ्ग सेवालाई प्रभावकारी रुपमा अघि बढाउने छ ।
द्धसंस्थाको रणनीतिक योजना तयार ः यो संस्थाको आगामी ४ वर्षे (२०७८–२०८१) सम्मको रणनीतिक योजना तयार गरिने छ ।
#रि–ब्र्रान्डिङ र रिनोभेशन ः संस्थालाई नयाँ उचाइमा पु¥याउन रि–ब्रान्डिङ र सेवा केन्द्रलाई क्रमशः रिनोभेशन गर्दै लगिनेछ । यसका लागि आवश्यक बाह्य जनशक्ति मार्फत कार्य अगाडि बढाइनेछ ।
#साक्षरता अभियान ः यस अन्तरगत संस्थाले आफ्ना सदस्यहरुलाई नियमितरुपमा वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरता २० हजार जनालाई प्रदान गरिने छ ।
द्धप्राविधिक शिक्षालय स्थापना ः संस्थाले कृषि र पशु विषयमा पढाई हुने प्राविधिक शिक्षालय स्थापना गर्नेछ ।
#सदस्य÷सेवा केन्द्र बिस्तार ः यो संस्थाले नियमित सदस्य विस्तारलाई निरन्तरता दिइने साथै १० वटा सेवा केन्द्र थप गरिने छ ।
#ब्नचष्(दगकष्लभकक गलष्त स्थापना ः संस्थाले सदस्यहरुलाई कृषि, पशु र उद्यमशीलताका बिषयमा सेवा प्रदान गर्न छुट्टै युनिट स्थापना गरिने छ ।
#सहकारीहरुसँग एकीकरण प्रयास ः संस्थाले हालसम्म ६ वटा सहकारीहरुसँग सफलताका साथ एकीकरण गरिसकेको छ । यसलाई निरन्तरता दिइने छ ।
#अन्तर्राष्ट्रिय ब्राण्ड प्राप्त गर्ने ः यस संस्थाले विगतका वर्षहरुदेखि नै प्रयास गरिरहेको एक्सेस र स्मार्ट सर्टिफिकेशन प्राप्त गर्न प्रक्रिया अघि बढाइने छ ।
#सेवा केन्द्र भवन निर्माण ः संस्थाले सेवा केन्द्रहरुलाई क्रमशः आफ्नै भवन बनाउने सोच अनुरुप कुमरखोद र शिवगञ्जमा भवन निर्माण कार्य अघि बढाइने छ ।
#गैर बैकिङ सम्पत्ति बिक्री ः यस संस्थामा मर्ज हुँदा आएका अचल सम्पत्ति जुन लिलामबाट आएका छन्, तिनिहरुलाई बिक्री गरिने छ । साथै हाइड्रोपावर तथा बैंक वित्तीय संस्थाको शेयरहरु समेत बिक्री गरिने छ ।
#अध्ययन अनुसन्धान ः यस संस्थाले प्रदान गर्ने वित्तीय सेवालाई उच्चस्तरको कसरी बनाउने भन्नेबारे अध्ययन÷अनुसन्धान गरिने छ ।
१०. संस्कार र संस्कृति जर्गेना योजना
#असल संस्कार निर्माणमा जोड ः यस संस्थाले सदस्य, कर्मचारीबाट नै असल संस्कारहरु पालना गराउँदै समुन्नत समाज निर्माणमा सहयोग पु¥याइने छ ।
#सरहे अभियान ः यो कार्यक्रम अन्तरगत सदस्यको परिवारमा मरिमराउ भएको अवस्थामा काजक्रिया अवधिमा नै समवेदनासहित रु. ३०,०००।– एकमुष्ठ उपलब्ध गराउँदै आएको सरहेलाई निरन्तरता दिइने छ ।
#समवेदनासहित सहानुभूति व्यक्त ः यो संस्थाको शेयर सदस्य स्वयम् तथा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा समवेदना व्यक्त गर्न जाने कार्यलाई निरन्तरता दिइने छ ।
#दशकर्म तथा वार्षिकी सुविधा ः यस संस्थाका शेयर सदस्यका परिवारमा मरिमराउ भएको अवस्थामा दशकर्म रु. ३०,०००।– उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइने छ ।
#विपद् व्यवस्थापन कार्यक्रम ः यो कार्यक्रम अन्तरगत विभिन्न समयमा आउन सक्ने भूकम्प, बाढी, पहिरो, महामारीबाट हुन सक्ने क्षतिको आँकलन गर्दै उद्धार राहत र पुनस्र्थापनाको लागि पूर्ण तयारीका कार्यक्रम गरिने छ ।
११. सामुदायिक विकास योजना
#जेष्ठ नागरिक चौतारी ः यस कार्यक्रम अन्तरगत १४ वटा सञ्चालनमा रहँदै आएकोमा यस वर्ष थप १० वटा सञ्चालनमा ल्याइने छ ।
#दीगो विकास लक्ष्य (क्म्न्) ः यो लक्ष्य प्राप्तिको लागि सहकारीले पु¥याउन सक्ने योगदानको बारेमा जानकारी र सु–सूचित गराइने छ ।
#सिप र रोजगार ः यो कार्यक्रम अन्तरगत १०० युवाहरुलाई सिप र रोजगार बनाउन सहयोग प्रदान गरिने छ ।
द्धवातावरण मैत्री गाउँ ९भ्ऋइ ख्ष्ििबनभ० ः यसका लागि एउटा गाउँ छनोट गरी नमूनाको रुपमा कार्यक्रम सञ्चालन गरिने छ ।
#स्वच्छता अभियान ः यो कार्यक्रम अन्तरगत हात धुने, सामाजिक दुरी कायम, मास्कको प्रयोग र पूर्ण सरसफाई सम्बन्धी अभियान सञ्चालन गरिने छ ।
#विकासका लागि साझेदारी ः यस संस्थाले स्थानीय गाउँ तथा नगरपालिकाहरुसँग कृषि, पशु र सामुदायिक विकासका क्षेत्रहरुमा साझेदारी गरिने छ ।
१२. सुशासन सम्बन्धी योजना
#वार्षिक साधारणसभा ः संस्थाको वार्षिक साधारणसभा सहकारी विभागको निर्देशन र संस्थाको वार्षिक साधारणसभा सञ्चालन कार्यविधि बमोजिम गरिने छ ।
#संस्थाको अधिवेशन सम्पन्न गर्ने ः यस संस्थाको छैठौं अधिवेशनबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति चयन गरिने छ । अहिलेको कोरोना महामारीको कारण निर्वाचन गराउन सम्भव नभएकाले सर्वसम्मत र सहमतिमा नेतृत्व चयन गरिने छ ।
#विस्तारित भेला ः यस संस्थाको समिति, विभाग, उप–समितिहरुको विस्तारित भेला ३ वटा सञ्चालन गरिने छ ।
#समीक्षा बैठक ः यस संस्थाको वार्षिक र अर्धवार्षिक गरी २ वटा समीक्षा बैठक सञ्चालन गरिने छ ।
#नीति र कार्यविधि ः यो संस्थालाई नीति, विधि र प्रविधिको माध्यमबाट अगाडि बढाउन आवश्यकता अनुसारका नीतिहरु बनाइने छ ।
#एचयमगअतष्खभ कतबााक च्भअयनलष्तष्यल भ्खभलत स् यस संस्थाको सम्पूर्ण कर्मचारीलाई वार्षिकरुपमा भेला गराई उत्पादकत्व दिने कर्मचारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने सेवा केन्द्रलाई पुरस्कृत, सम्मान गर्ने कार्यक्रम गरिने छ ।
१३. सूचना तथा सञ्चार योजना
#क्यालेण्डर छपाई ः यस संस्थाले यस वर्ष १ लाख प्रति क्यालेण्डर छपाई गर्नेछ ।
#भिडियो डकुमेन्ट्री निर्माण ः त्यसैगरी संस्थाको गतिविधि समेटेर एक भिडियो डकुमेन्ट्री तयार गरिने छ ।
#पत्रिका प्रकाशन ः संस्थाको गतिविधिलाई नियमित जानकारी गराउने उद्देश्यले द्वैमासिक पत्रिका प्रकाशन गरिनेछ ।
#प्रवद्र्धनात्मक सामग्री निर्माण ः यसको साथै बचत तथा ऋण सेवाबारे जानकारी गराउने लिफलेट, परिचय पुस्तिकाहरु साथै संस्थाको आवश्यकता अनुसार अन्य नियमित सूचनामूलक र प्रवद्र्धनात्मक प्रकाशन सामग्रीहरु प्रकाशन र प्रशारण गरिनेछ ।
#कार्यक्रम प्रायोजन ः यस वर्ष स्थानीय टेलिभिजनबाट प्रशारण हुने १ वटा शैक्षिक कार्यक्रम (वक्तृत्व कला) साथै वित्तीय साक्षरता सम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गरिने छ ।
१४. सम्मान तथा पुरस्कार
#प्रो. मोहमद युनुस पुरस्कार ः सहाराको कारणबाट गरिबी मुक्त भई सफल भएका सदस्यहरू मध्ये एक महिला सदस्यलाई रु. ५१ हजार राशीको यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिने छ ।
#संस्थापक सम्मान ः संस्थाको रजत महोत्सवको उपलक्ष्यमा संस्था स्थापना गर्ने संस्थापक तथा पूर्व समिति र उप–समितिमा रहेर कार्य गरेका सदस्यलाई सम्मान गरिने छ ।
#सहारा सहकारी पत्रकारिता पुरस्कार ः सहकारीहरुको विकास र प्रबद्र्धनको लागि लेख, रचना प्रकाशन गरी सहकारीको क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने एकजना पत्रकारलाई पुरस्कृत गरिनेछ ।
#उत्कृष्ठ उद्यमी पुरस्कार ः यस संस्थाबाट ऋण लिई सफल व्यवसाय गरिरहेका २० उद्यमीहरुलाई पुरस्कृत गरिने छ ।
१५. सहारा भए अरु किन खोज्ने
#सम्पूर्ण वित्तीय समस्याहरूको समाधान सहाराले नै पूरा गरेपछि अन्यमा किन आवद्ध हुनु प¥यो भन्ने प्रश्न राख्दै सहाराको मात्र सदस्य हुन अनुरोध गरिने छ ।
#सहाराले प्रवद्र्धन गरेका सहकारीहरु बाहेक अन्य सहकारी संस्थाहरूमा बसेका सदस्यहरूसँग अन्तरक्रिया गरी सहारा साकोसमा मात्र आबद्ध हुन प्रेरित गरिने छ ।
#दोहोरो सदस्यता लिएका सहकारीका सदस्यलाई कुनै पनि समिति, उपसमितिहरूमा राखिने छैन ।
१६. कार्यक्रमको निरन्तरता
#यस संस्थाले क्रमागत कार्यक्रमकोरुपमा सहारा शिक्षा सदन, सेवा केन्द्र सञ्चालन गर्नको लागि जग्गा खरिद र सर्पदंश केन्द्र सञ्चालन सहयोगलाई निरन्तरता दिइनेछ ।
(संस्थाका सचिव तथा कार्यकारी प्रमुख गिरीद्वारा २०७७ मंसीर २७ गते शनिबार संस्थाको वार्षिक साधारणसभामा प्रस्तुत गरिने वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here