सुन्दर बचतको सातौं वार्षिक साधारण सभा

0
784

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

झापाको बिर्तामोड नपा –४ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उत्तम खनालको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष विष्णुकुमारी शिलवालले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत  गरेका थिए । संस्थाको शेयर सदस्य एक हजार पाँच सय २४ जना , शेयर पूँजी ७० लाख ३३ हजार नौ सय , निक्षेप एक करोड १९ लाख १० हजार पाँच सय ८९ रुपैयाँ ३१ पैसा , लगानीमा रहेको ऋण दुई करोड १९ लाख ८७ हजार दुई सय ८८ रुपैयाँ ४९ पैसा , आम्दानी ४२ लाख ५८ हजार आठ सय ९० रुपैयाँ १५ पैसा , खर्च ३९ लाख २२ हजार तीन सय ७१ रुपैयाँ ६७ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सदस्यलाई बचत सुरक्षण प्रदान गरेको , विपन्न वर्गको उत्थानका लागि विना धितो कर्जा प्रवाह गरेको , उद्घोषण , सदस्य वीमा कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले आगामी वर्ष रेमिट्यान्स सेवा , एक घर एक खाता कार्यक्रम , ऋण्ीहरुको वीमा लगायतका कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा लेखा समितिका सदस्य लक्ष्मीप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गोर्खा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुरेश गौतमले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश ढकाल , ग्रील तथा स्टील व्यवसायी संघ झापाका अध्यक्ष तेजेन्द्र उप्रेती , पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला , संसथाका सल्लाहकार संयोजक सञ्जीव चापागाईं, ऋण समिति संयोजक देवी संग्रौलालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक प्रेमप्रसाद पोखरेलले गरेको व्यवस्थापक दुर्गा खनाल पोखरेलले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here