सहनशिलको ११ औं सभा सम्पन्न

0
695

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित सहनशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको अध्यक्षता र झापा जिल्ला सहकारी संघ सञ्चालक समितिका सदस्य टंक बरालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सविता लिम्बूले व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा संस्थाको गत आर्थिक वर्ष ०७६/०७७ को कार्य प्रगति विवरणसहितको वार्षिक प्रतिवेदन अध्यक्ष थापाले, चालु आर्थिक वर्ष ०७७/०७८को बजेट नीति तथा कार्यक्रम व्यवस्थापक पम्फा विश्वकर्माले र लेखा समितिको प्रतिवेदन संयोजक पुनम सुवेदीले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५७ लाख ८७ हजार आठ सय रुपैयाँ ,विभिन्न कोषमा ४२ लाख ७२ हजार पाँच सय ९३ रुपैयाँ ४९ पैसा, निक्षेप एक करोड ५६ लाख ६२ हजार चार सय ४३ रुपैयाँ र ऋण लगानी तीन करोड दुई लाख ४२ हजार तीन सय ६९ रुपैयाँ उल्लेख गरिएको छ । गत आर्थिक वर्षको खुद नाफा ११ लाख सात हजार चार सय २९ रुपैयाँ २६ पैसा रहेको संस्थाले चालु आर्थिक वर्षको लागि तीन करोड ९६ लाख ९० हजार रुपैयाँ बराबरको अनुमानित बजेट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही कार्यक्रमको सन्दर्भमा उत्कृष्ट बाल बचततर्फ प्रज्वल दाहाल र बन्सिका काफ्ले, उत्कृष्ट ऐच्छिक बचततर्फ देवीमाया पौड्याल, उत्कृष्ट मासिक बचततर्फ कमला शिवा, उत्कृष्ट आवधिक बचततर्फ कमला गिरी र असल उद्यमी पार्वता चिमरीया पुरस्कृत भएका छन् ।

कोभिड–१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न गत मंसीर २१ देखि २६ गतेसम्म संस्था अन्र्तगत रहेको सात वटा समूहका शेयर सदस्यहरुबीच सबै प्रतिवेदन प्रस्तुत तथा छलफलसँगै आवश्यक सुझाव संकलन गरि औपचारिक कार्यक्रममार्फत् सभाको समापन गरिएको व्यवस्थापक पम्फा विश्वकर्माले बताइन् ।

कार्यक्रममा नगर सभा सदस्य सुशिला सुवेदी, झापा जिल्ला सहकारी संघकी सदस्य तुलसा कुँवर, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला गोले, सदस्यहरु जगनाथ विश्वकर्मा, बद्रीप्रसाद ओली, भवानीप्रसाद गौतम, मिश्राकुमारी राई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक विश्वकर्माले गरेकी थिइन् ।

सोही सभाले आगामी चार वर्षे कार्यकालको लागि पुनः थापाको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । नवगसठत समितिको उपाध्यक्षमा सविता लिम्बू, सदस्यहरुमा चन्द्रकला ओली, जोबा राजवंशी, डम्बरकुमारी सत्याल, डिल्लीमाया भेटवाल, पूर्णीमा सिटौला, वीना तुलाधर र शान्तिकला तामाङ चयन भएका छन् । त्यसैगरी पुनम पोखरेललाई लेखा समिति संयोजक चयन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here