नेकपा विवाद सतहमा :आज दमकमा ओली इतर समुहका बिद्यार्थीको भेला

0
724

दमक ।

पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै आज झापाको दमकमा सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेशस्तरीय भेला आयोजना गरिएको छ ।

पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि प्रकृयाका बिषयलाई लिएर बहस चलिरहेका बेला तल्लो तह सम्म गुटगत बहस र भेलाहरुको आयोजना गर्ने क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतर पक्षको बिद्यार्थी भेला आयोजना गरिएको जनाइएको छ ।

नेतृत्वमाथि दबाबद सिर्जना गर्न ओलीको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दमकको केन्द्रविन्दु तथा प्रदेश एककै ठुला मध्येको एक दमक बहुमुखी क्याम्पसमा यस किसिमको भेला गर्न लागिएको भेलाको तयारीमा जुटेका एक जना बिद्यार्थी नेताले बताए ।

उनका अनुसार सो भेलामा सहभागी हुन प्रदेश एकका विभिन्न जिल्लाबाट सहभागीहरु हिजोदेखि नै दमकमा केन्द्रित भएका छन । ७ सय बढी बिद्यार्थी नेता कार्यकर्ताहरु सहभागि हुनेछन । भेलालाई पार्टी नेताहरु इन्द्र आङबो, रविन कोइराला, बिद्यार्थी नेताहरु रञ्जित तामाङ, वसिम आलम, सुदेश पराजुली लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

पार्टीको केन्द्रिय नेतृत्वमा अध्यक्ष ओलीले पार्टीलाई विधि र प्रकृयामा नचलाई स्वैच्छाचारी प्रवृत्ति लादेको भन्दै अर्का उनी इतरमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सच्चिन दबाब दिदैं आएका छन ।

प्रदेश १ अन्तर्गत मोरङमा हिजो ओली पक्ष युवाहरुको भेला आयोजना भए लगत्तै काउण्टर दिन ओली इतर समुहले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको क्षेत्रमा आज सो भेला आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here