नाका खुलाउन माग गदैं काँकरभिट्टामा चौथो चरणको आन्दोलन शुरु

0
851

लक्ष्मी उप्रेती / काँकरभिट्टा । 

पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्घ आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले आइतबारदेखि चौथो चरणको आन्दोलन शुरु गरेका छन् । यस अघिका आन्दोलमा सम्बन्धित पक्ष आफ्नो मागप्रति सकरात्मक नभएका कारण चौथो चरणको आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।

होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको विरोधका कार्यक्रममा नगरका अन्य उद्योगी व्यवसायीहरुले समेत साथ दिएका छन् । होटल र ट्राभलको नेतृत्वमा चौथो चरण अन्तर्गत हस्ताक्षर अभियान शुरु गरिएको छ ।

काँकरभिट्टा बसपार्कमा शुरु हस्ताक्षर अभियानमा एकहजारबढीको हस्ताक्षर संकलन गरी १ नम्बर प्रदेश सरकारलाई बुझाउने तयारी गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले विभिन्न व्यवसायीहरुको मागप्रति अब पनि समयमै सुनुवाई नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो । तेसा्रे चरणसम्मको शन्तिपूर्ण आन्दोलनमा सम्बन्धित पक्षको कानमा बतास नलागे पछि बाँध्य भएर चौथो चरणको आन्दोलन रोज्नु परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

यसअघि उनीहरुले विरोध प्रदर्शन र्यालीदेखि स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाउनेसम्मका कार्य गरेका थिए । कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जस्का कारण नगरका हरेक व्यवसायीहरले लाखौं आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दैं अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने माग उनीहरुको छ ।

नाकाबन्दका कारण सर्वसाधारणले समेत सास्ती व्यहोर्नु परेको बताउदैं उनीहरुले काँकरभिट्टाको बजार भारतीय ग्राहकमा भर पर्ने भएकाले नाकाबन्दका कारण भारतीयहरु आउन नपाउदा व्यवसाय नै चौपट्ट बनेको व्यवसायीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here