के तपाई कुनै पुरस्कारबाट पुरस्कृत हुनुभयो भने के गर्नु हुन्छ ? धेरैको उत्तर आउँछ– केही महत्वपूर्ण सामान गरिद गर्छु साथीभाईलाई पार्टी दिन्छु । तर, कुनै पनि पुरस्कारबाट आफू पहिलो पटक पुरस्कृत भइ रहदाँ झापाका एक जना पत्रकारले पत्रकारिताकै क्षेत्रमा केही रकम दिएर पत्रकारिता क्षेत्रमा उदारता देखाएका छन् ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले स्थापना गरेको सहारा सहकारी पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् नेपाल टेलिभिजनका झापा संवाददाता इन्द्रजित मुखियालाई प्रदान ग¥र्यो । २५ हजार नगद सहित उनी पुरस्कृत भइ रहदाँ उनले त्यहीबाट पुरस्कार मध्येको ५ हजार ५ सय ५५ रुपैयाँ डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारका लागि प्रदान गर्ने घोषणा गरेर उदारता देखाएका छन् ।

अग्रज पत्रकारलाई सम्मान गर्दै जिवन्त बनाउने उद्धेश्यले उनले गरेको उक्त घोषणाको प्रशंसा भएको छ । पत्रकारितामा इमान्दारीता र लगनशिलता नै सफलताको आधार हो भन्ने ठानेका मुखियाले आफ्नो संस्था बाहिर पहिलो पटक पुरस्कृत हुन पाउँदा गौरव लागेको बताए ।
झापामा धेरै पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । तर, पुरस्कार पाएकै रकमबाट पत्रकारकै अर्को पुरस्कारमा रकम जम्मा गर्ने घोषणा गर्ने इन्द्रजित पहिलो पत्रकार हुन् भन्दा फरक नपर्ला । इन्द्रको उदार मनबाट हामीले केही सिक्ने की ?– प्रस्तुति–नरेन्द्र ढकाल































