‘डाबासेपामा’ धाममा सुरु भयो महाबत्ती प्रज्वलन र शतबीज छर्ने कार्यक्रम

0
1022

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम परिसरमा भक्तजनहरुबाट महाबत्ती प्रज्वलन तथा शतबीज छर्ने कार्यक्रम सम्पन्न भएको छ ।

२०७५ सालमा स्थापना भएको उक्त धाममा समस्त पितृ मोक्षको कामना गर्दै कृष्ण पक्ष त्रयोदशीको दिन महाबत्ती प्रज्वलन र बालाचतुर्दशीको दिन शतबीज छर्ने कार्यक्रम यस वर्षदेखि सुरु भएको हो ।

धामका मूल पुजारी लालबहादुर धिमालका अनुसार महाबत्ती प्रज्वलन शनिबार साँझ ५ः४५ बजे र शतबीज छर्ने आइतबार विहान ४ बजेदेखि सुरु गरिएको बताइएको छ ।

कोभिड–१९ रोगको जोखिमका कारण उक्त कार्यक्रमको लागि औपचारिक निमन्त्रणा नगरिएकोमा स्थानीयस्तरमा रहेका भक्तजनहरु स्वतस्फूर्तरुपमा धाम परिसरमा उपस्थित भई दुवै कार्यक्रममा सहभागिता जनाएका थिए ।

महाबत्ती प्रज्वलन र शतबीज छर्ने कार्यसँगै धाममा रहेको डाङग्रे बाबा, सेतीदेवी, पाथीभरा माता, नवर्देश्वर शिवालय, सीता पोखरीलगायतका पुजा स्थलमा भक्तजनहरुले पुजाअर्चना गरेका थिए ।

यस अघि धामको वार्षिकोत्सवसँगै वैशाखे पूर्णिमा, श्रावणी पर्व, विश्वकर्मा पूजा, मंसिरे पूर्णिमा, शिवरात्रीमा विशेष पूजा हुँदै आएको उक्त धाममा आगामी दिनमा महाबत्ती प्रज्वलन र शतबीज छर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइने समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here