जलेका लालपूर्जा १८ वर्षपछि वितरण

0
476

अर्घाखाँची,

अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो ।

नापी कार्यालयले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरु गरेको छ । लालपूर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भन्नुभयो, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियांै आज लालपूर्जा पाउँदा खुशी भएका छांै, लालपूर्जा नहँुदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनांै, अब त लालपूर्जा पायांै हामी खुशी छौँ । ”

द्वन्द्वको समयमा नक्शाविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न शुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताउनुभयो । उहाँले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपूर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here