म मोहोर हुँ

0
1500
रबिना मैनाली,

घर मेरो कहाँ ठेगान छैन, कहिले कहाँ कहिले कहाँ दौडिरहेको हुन्छु। बाटो-घाटाे, नदि, खोला, बगर, गल्ली, कुना, चेपचापमा धेरै जसो लडिरहेको हुन्छु। कहिले कहि बाटोको किनारमा बसेर हेर्छु पढेलेखेका मै हुँँ भन्ने ठुला-ठुला मानिस,ज्ञानि बुद्धिजिविहरु मेरो नजिक हुँदै मलाई नै हेर्दै अँखा तर्दै कहिले नाक खुम्च्याउदै बाटो काटिरहेका हुन्छ्न।

लघुकथा

स्कुल क्याम्पस पढाउने मास्टर, विद्यार्थी,ब्यपारी,ज्ञान् गुनका कुरा सिकाउने गुरुमहाराजहरु, नेता, कर्याकर्ता हरेक किसिमका मानिसहरु जो सुकिला पहिरनमा ठुला ठुला कुराकानी गर्दै आउजाउ गरिहेका हुन्छन। म बाटोको किनारमा बसेर सोचिरहन्छु,एकोहोरो नियालीहरन्छु, कसैको ज्ञान् ले काम गरोस भनेर तर…

मलाई हासो लाग्छ उनिहरुलाई हेर्दा र उनिहरुको कुरा सुन्दा, सुकिला लुगा लगार मुकिला गफ जोत्दै हिड्ने ती विवेकि मानिसहरुलाई बोलाएर भन्न मन लाग्छ ए हजुर अँखा तर्दै र नाक थुन्दै हिड्नु भन्दा आएर मालाई सहि ठाउमा लिएर जानुस, मेरो ब्यवस्थापनमा ध्यान दिनुस। आगनमा फुल फुलाउनुस, बगौचामा फलहरु झुलाउनुस म मल बनेर तपाईंको बगैंचा र सहरलाई हराभरा बनादिइने छु।

आफ्नो शरीर र कपडा जस्तै आफू बस्ने सहर, हिड्ने बाटो-गल्लि र वातावरणलाई पनि सफा राख्नुस। सके मेरो ब्यवस्थापन गर्नुस् नसके मलाई जहाँत्यहि नफालीदिस, ए हजुर!! मेरो सहरका गुरु,मास्टरसाब,बिद्यार्थी भाई बहिनी हो मेरो नजिक आउ, आएर मलाई उठाउ, तिम्रा ज्ञान् र सीप देखाउ, जल,ढलबाट झिकेर मलाई मल बनाउ, रुखो सहरलाई हराभरा बनाउ। कतै फुल फुलाउ, कतै फल फलाउ, मेरो मौनता भित्रको आवाजलाई सुन,म तिम्रो सामु सडिरहेको फोहोर होइन मोहोर हुँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here