नीति निर्माण गर्ने कार्य प्रजातान्त्रिक नभएकै कारण समस्या– सांसद काकी

0
954

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले नेपालमा नीति निर्माण गर्ने कार्य प्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या आउने गरेको टिप्पणी गर्नुभएको छ ।

पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्घ आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले आइतबारदेखि शुरु गरेको चौथो चरणको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर सोमबार बुझाउन सांसद् निवास पुगेका नगरका विभिन्न व्यवसायीहरुसँगको भेटामा सांसद् कार्कीले उक्त टिप्पणी गर्नुभएको हो ।

नेपालमा नीति बनाउँदा कसैसँग सल्लाह नगर्ने र नीति निर्माण गर्ने कार्य अप्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या सिर्जना हुने गरेको उहाँले प्रष्ट पार्नुभयो । आफ्नै सत्तारुढ दल नेकपाप्रति इंकित गदैं सांसद् कार्कीले अहिले सत्तामा रहेको दलले समेत नीति बनाउदा कुनै पनि विज्ञहरुसँग सल्लाह नगर्ने जो जो अहिले पौठेजोरी खेलीरहेका छन् उनीहरुले मात्रै बनाउने र काँग्रेसभित्र पनि यहि हालत रहेको भन्दैं उहाँले शेरवहादुर देउवा रामचन्द्र पोडेल तथा कोइराला परिवारमात्रै नीति बनाउने काममा सक्रिय रहेको आरोप लगाउनु भयो ।

सवैलाई आफूभित्रको दम्भ र घमण्ड त्याग्न आग्रह गदैं उहाँले आफूभित्र रहेको आफू बाहके अरु कोहि पनि नजान्ने र नबुझ्ने सोच तत्काल हटाउन समेत उहाँले सुझाँव दिनुभयो ।

कोभिड १९ का कारण अहिले विश्वमै थला परेको प्रसंग उल्लेख गदैं सांसद् कार्कीले नेपालको अर्थतन्त्र समेत डामाडोल रहेको धारणा राख्नुभयो । कोभिड १९ को नियन्त्रण र रोकथामका नाममा अनेक खालका गुनासा धेरै सुनेको भन्दैं उहाँले गुनासा र उत्पन्न समस्या समाधानका लागि आफ्नोतर्फबाट निक्कै पहल गरेको स्पष्ट पार्नुभयो ।

नेपालमा सवैजना आफ्नो जिम्मेवारीबाट पन्छिने तथा एकले अर्काको काँधमा हालेर जिम्मेवारीबाट मुक्त हुने परिपाटीको विकासले पनि समस्या आएको उहाँको आरोप थियो । नेपालमा धेरै कुराको परिवर्तन भए पनि कर्मचारीतन्त्रको परिवर्तन नभएको भन्दैं सांसद् कार्कीले ढिलासुस्ती,सेवाग्राहीलाई अल्मल्याउने, अनावश्यक दुःखदिने परिपाटी कायम रहेकाले यसलाई तत्काल अन्त्य गर्न आफूले सम्बन्धित निकायसँग पटक पटक छलफल गरेको प्रष्ट पार्नुभयो ।

कोभिड १९ का कारण देशका सवैक्षेत्र थला परेका कारण नेपालको जनस्वास्थ्य प्रणाली अर्काको देखासेखीमात्र रहेको उहाँको टिप्पणी थियो । सरकारले विकासका नाममा कालोपत्रे, सडक बनाउने, नाला बनाउनेमात्र काम गरेको बताउँदै अब शिक्षा र स्वास्थ्यमा सरकारको ध्यान जानुपर्ने उहाँको भनाई थियो । आफूले सांसद् विकास पूर्वाधार अन्तर्गत स्वास्थ्यको पहुँच नपुगेका व्यक्तिलाई त्यहासम्म पुर्याउने लक्ष्यका साथ जहाँ प्रयोगशाला छैन त्यहा प्रयोगशाला स्थापना गर्ने, एक्स रे सञ्चालन गर्ने, विद्यालयमा आइटि सेन्टर सञ्चालन गर्ने तथा आवाज विहिनहरुका लागि आवासको व्यवस्था गर्ने, कृषकहरुलाई कृषि सामाग्री खरिदका लागि भनरे करोडौ रुपैयाँ खर्चिने उहाँको भनाई थियो ।

उहाँले हरेक व्यवसायी पर्यटकमैत्री बन्नुपर्ने बताउदैं आफ्ना होटलमा आएका अतिथिहरुलाई २÷४ दिन काँकरभिट्टामा बस्ने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो । आफ्नाक्षेत्रका पर्यटकीय र धार्मिक स्थलका बारेमा उनीहरुलाई अधिक से अधिक जानकारी दिनुपर्ने र त्यहाँसम्म सहजरुपमा पुग्ने व्यवस्था मेचीनगरका हरेक व्यवसायीहरुले मिलाउनुपर्ने उहाँको भनाई थियो ।

होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल, नेकपा नेता तथा होटल व्यवसायी रामबहादुर तामाङलगायतले संकलित हस्ताक्षरको व्यानर संयुक्तरुपमा सांसद् कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले नगरका उद्योगी व्यवसायीहरुको मागप्रति अब पनि समयमै सुनुवाई नभए पुस १ गतेबाट आन्दोलनका कार्यक्रमलाई थप कडा पार्ने बताउनुभयो ।

कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जस्का कारण नगरका हरेक व्यवसायीहरुले लाखौं आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दैं अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्नेमा पहल गरिदिन समेत श्रेष्ठले सांसद् कार्की समक्ष आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here