बिर्तामोड ।

पछिल्लो समय लाखौं रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारमा जाने युवाहरु बढिरहेका छन् ।
विदेश गएका युवाहरुले त्यहाँ सिकेको सीप र श्रमलाई स्वदेशमा नै सदुपयोग गरेर आर्थिक उपार्जन गरिरहेका युवाहरु पनि समाजमा भेटिन थालेका छन् । यसैक्रममा झापा दमकका खगेन्द्रबहादुर आचार्यले दमक–५ गोर्खाली टोलमा जिके प्रिन्टर्स एण्ड एड्भटाइजिङ सञ्चालनमा ल्याएका छन् ।
छपाई सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जिके प्रिन्टर्स एण्ड एडभटाइजिङ टु डी, थ्री डी बोर्ड बनाउने क्यानभास फोटो बनाउने र एड्भटाइजिङ सम्बन्धी सम्पूर्ण कार्य गर्ने सञ्चालक आचार्यले बताए ।
नेपालमा नै छपाई सम्बन्धी काम गरेका आचार्य उक्त कामममा दक्षता हासिल गर्न कोरिया गएको र त्यहाँ अन्य काम सँगै छपाई सम्बन्धी काम गरेर अझ अब्बल हुँदै नेपाल फर्किएर त्यही व्यवसाय अपनाएको उनी बताउँछन् ।
आफूसहित पाँच जना कर्मचारी समेत त्यही व्यवसायमा संलग्न भएको बताउँदै आचार्यले झापामा सर्वसुलभ दरमा छपाई तथा एडभटाइजिङ सम्बन्धी सेवा ग्राहकलाई उपलब्ध गराउने जानकारी दिए ।































