स्वरोजगार समृद्धि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बस्नेत

0
1442

तुलसीप्रसाद निरौला ,बिर्तामोड  ।

 

बिर्तामोड –५ मा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थासंग धनुसकोटी कृषि सहकारी संस्था सुरुङ्गा ,जीवन समृद्धी बहुउद्धेश्यीय सहकारी संस्था बिर्तामोड , समावेसी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड , साइराम बचत तथा ऋण सहकारी संस्था बिर्तामोड एकीकरण भएका छन् ।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिर्तामोडमा भएको १३औं वार्षिक साधारण सभा तथा प्रथम एकीकरण सभामा ती सहकारी संस्थाहरुबीच एकीकरण भएको घोषणा गरिएको हो ।

सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार ती सहकारी संस्थाहरुबीच एकीकरण गरिएको र संस्था एकीकरण पछि स्वरोजगार समृद्धि बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को नामबाट कारोबार गरिने कार्यक्रममा जानकारी दिइयो ।

एकीकृत संस्था स्वरोजगार समृद्धि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा केशव बस्नेत चयन भएका छन् ।
संस्थाको सोमबार बिर्तामोडमा भएको १३औं वार्षिक साधारण सभा तथा प्रथम एकीकरण सभाले बस्नेतको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा कमला थापा मगर , सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा पुजा खनाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा टिकाराम सिटौला, सुशिला विमली, कमला आचार्य उप्रेती, जागिरमान राई, घनश्याम नेपाल, कौशिकलाल परियार (भोला), गोपाल प्रसाई, कल्पना कार्की, पर्शुराम मगर, कृष्णप्रसाद देवकोटा र सुरेन्द्र बुढाथाकी चयन भएका छन् ।

त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा विष्णुप्रसाद आचार्य सदस्यमा हरिप्रसाद फुयाल र तुलसीप्रसाद भण्डारी चयन भएका छन् ।

संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षता तथा प्रदेशसभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष कमला थापा मगरले स्वागत गरेकी थिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष केशव बस्नेतले वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।

संस्थाका शेयर सदस्य १६ हजार ४ सय ९७ जना , शेयर पूँजी छ करोड ६४ लाख २० हजार आठ सय ६४ रुपैयाँ , निक्षेप १५ करोड ५२ लाख ५७ हजार सात सय २१ रुपैयाँ २९ पैसा , ऋण लगानी दुई करोड १३ लाख २४ हजार दुई सय ५५ रुपैयाँ ६७ पैसा , कुल कारोवार एक अर्व ८० करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले १० लाख २७ हजार नौ सय ४० रुपैयाँ १२ पैसा कर तिरेको छ भने करसहित नाफा ५७ लाख २० हजार तीन सय ७० रुपैयाँ ३० पैसा र खुद नाफा ५४ लाख ३४ हजार तीन सय ५९ रुपैयाँ ७९ पैसा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक मनोज भट्टराईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा धनुसकोटी कृषि सहकारी संस्था सुरुङ्गाका अध्यक्ष गोपाल प्रसाईं , साइराम बचत तथा ऋण सहकारी संस्था बिर्तामोडकी अध्यक्ष मेनुका लुईंटेलले सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थासंग एककिरण गरिएको बताए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा प्रमुख कार्याकारी विभागिय प्रमुख रुपन चाम्लिङ राई र सुरुङ्गा सेवाकेन्द्रकी लेखापाल रिता खड्कालाई सम्मान गरिएको थियो भने फिल्ड कर्मचारीतर्फ बिर्तामोड सेवाकेन्द्रकी गंगा खड्का, खुदुनावारी सेवाकेन्द्रका प्रेम मगर र धुलावारी सेवाकेन्द्रकी देवका सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै ज्येष्ठ नागरिकतर्फ गोमादेवी लुइँटेल ,प्रेमकुमार विष्ठ , वेनुकान्त अधिकारी ,माधव तिम्सिना , पवित्रा उप्रेती ,अग्निप्रसाद दुलाललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा धनुसकोटी कृषि सहकारी संस्था सुरुङ्गाका अध्यक्ष गोपाल प्रसाईं, ,जीवन समृद्धी बहुउद्धेश्यीय सहकारी संस्था बिर्तामोडका अध्यक्ष गजेन्द्र पौडेल , , समावेसी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष कृष्णप्रसाद देवकोटा र साइराम बचत तथा ऋण सहकारी संस्था बिर्तामोडकी अध्यक्ष मेनुका पौडेललाई समेत सम्मान गरिएको थियो । त्यस्तै एक लाखको शेयर खरिद गर्ने मदन पोखरेललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य पुजा खनाललगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here