मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

0
600

सुनसरी ।

सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प ०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका दुई जना चोरी भएको मोटरसाईकल सहित पक्राउ परेका छन् ।

गत मंसीर २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी–९ मा नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल सहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here