तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
नेपाल जेसीजले स्मरणशक्तिमा गिनिज वल्र्ड रेकर्ड कायम गरेका झापाका अर्पण शर्मालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको छ ।

वीरता लेडी जेसीजको सिफारिसमा नेपाल जेसीजले झापाका अर्पण शर्मालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी पौडेलले बताइन् ।
नेपाल जेसीजको रुपन्देहीको भलवारीमा भइरहेको ४७ औं महाधिवेशन उद्घाटन समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले मेमोरी किङ शर्मालाई स्वर्ण पदक र कदर पत्र प्रदान गरेका थिए ।

झापाका शर्मा २०७१ असोज १० गते एक मिनेटमा ४२ वटा वस्तुको स्मरण गरेर गिनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका थिए । उनले नेपाल जेसीजले प्रदान गरेको उत्कृष्ट युवा पुरस्कारले अझ हौसला थपेको बताए ।































