झापामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

0
491

विनोद सापकोटा/झिलझिले।

झापामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमण भएर पछिल्लोपटक थप एकको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १२६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

शिवसताक्षी नगरमा भने कोभिड १९को संक्रमण बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पछिल्लोपटक नोबेल अस्पताल बिराटनगरमा शिवसताक्षी नगरपालिका वडा ११ का ५० वर्षीय संक्रमितको शुक्रबार बिहान मृत्यु भएको थियो ।

शिवसतासी नगरपालिका स्वास्थ्य शाखाका हेल्थ एसिस्टेन्ट संजय ठकुरीका अनुसार उच्च रक्तचाप र मधुमेह बाट पिडित उनको मंसिर २५ श्वाव संकलन गरी पीसी आर गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here