अचेलका परिवेश (कबिता)

0
1236

पैसामा माया खोज छन्
अचेलका फर्क्रिदै गरेका कोपिलाहरु,
माया गर्नु भन्दा पहिला
घर सम्पत्ति सोध्छन् अहिलेका भमराहरु,
साँचो माया गर्छु भनेर विश्वास त दिलाउँछन्
तर फर्क्रिनै नपाइकन ओइलाउने गरी,
माया प्रेमको बोली दुई चार दिन
मख्ख पारेर बोल्छन् ,
यो समयका डालीहरु , जब
बाँचा र प्रतिज्ञा तोडेर चट्ट छिनिन्छ लठारो ,
कहिले वारि कहिले पारि
छछलि्कएका थोपाहरू झै बाँडिदिन्छन् सम्बन्धहरु,
अर्को भेट्टिदा त कोइला जस्तो कालो भन्छन्
अहिलेका डालिमा पाँत नभएका बोटहरू ।।

विशाल प्रकाश शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here