अबैध हातहतियार सहित दुई जना पक्राउ

८ पुष २०७७, बुधबार मा प्रकाशित

सुनसरी।

सुनसरीको कोशी गाऊँपालिका–८ भाण्टावारीबाट अबैध हातहतियार सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको दुई थान मोटरसाईकल र दुई थान मोवाइल समेत बरामद गरेको छ।

हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here