प्रतिगमनको प्रयास र इमान्दारहरुको कार्यभार

0
1434

प्रतिनिधि सभाको विघटन पश्चात दलालहरुका कठपुतली मध्ये कोही निरंकुश हुकुमी शैलीमा लाचारहरुलाई मन्त्रीको सपथ खुवाउँदैछन् । कोही भने ‘हामी यता छौं’ भन्दै चिसो सडकमा बसेर पुन सत्ता कुर्चीको याचना गरिरहेका छन् । ओली नेतृत्वको एउटा गुट आफूलाई काम गर्न नदिएको हुनाले संसद बिघटन गर्नुप¥यो भनेर ताजा जनादेशको हाँस्यास्पद खिचडी पकाइरहेको छ । त्यस्तै दाहाल÷नेपाल गुट संसद बिघटन जनमतको उपहास हो भन्दै संसद पुनस्र्थापना गर्ने चर्को कुरा गरिरहेको छ । यी दुबै गुट पुँजीवादी संसदीय व्यवस्थाका सेवक जनबिरोधी गुटहरु हुन् । र, यिनीहरु बीचमा देखिएको किचलो देशलाई गुमराहमा राख्ने र जनतालाई उल्लु बनाउने एक प्रकारको प्रतिगामी प्रयत्न सिवाय केही पनि होइन ।
नेपालमा ७० बर्ष लामो कम्युनिस्ट आन्दोलनका बिभिन्न समयका जागरणहरुको माध्यमद्वारा बनेको कम्युनिस्ट सपना र जनमतलाई निर्वाचनको माध्यमद्वारा आफ्नो पक्षमा पार्न सफल लाल संशोधनवादीहरुको बीचमा भएको कथित स्वार्थ प्रेरित एकता भनौ वा आजको मितिमा देखिएको फुट अथवा बिघटन कुनै अप्रत्याशित बिषय होइन । यो विचार र व्यवहारमा सम्पूर्ण रुपमा स्खलित भएर नाङ्गो बनिसके पछि जम्माजम्मी आफ्ना लालचहरु व्यवस्थापना गर्ने बिषय मात्र थियो । जतिसुकै कम्युनिस्ट आन्दोलन र जनताको दुहाइ दिए पनि यी गुट र पात्रहरुको असली स्वरुप जनबिरोधी थियो र रहेको छ । त्यसैले यो स्वभाविक परीघटना संशोधनवादीहरुको दर्दनाक अवशानको पुष्ट्याइ हो ।

हाम्रो पार्टीले निर्वाचन खारेजी अभियानको क्रममा यिनीहरुको भण्डाफोर गर्दै आम नेपाली जनतालाई सचेत गराएको थियो । कम्युनिस्ट आन्दोलनको हुइँया र समाजवादी सत्ता स्थापनाको कुरा गरेर जनतालाई भ्रमित गरेको त्यो संशोधनवादी चुनावी समूहले राष्ट्र र जनताको पक्षमा नभएर दलाल र माफियाहरुको हितमा काम गर्ने र ठूला–ठूला राष्ट्रघात गर्ने बिषय निश्चित भएको हाम्रो पार्टीले बताएको थियो । संशोधनवादी लुटेराहरुले बहुमत प्राप्त गरेर आफ्नो सरकार गठन गर्ने बित्तिकै देश र जनताविरुद्ध के सम्म कुकृत्य गर्न पछि परेनन् यो चर्चा गरिरहनु पर्दैन । जनताको हुर्मत काडेर सपरिवार नदीमा हाम फाल्नेसम्म बनाए, सुकुम्बासीहरुलाई बेघर बनाएर लखेट्न पछि परेनन्, मजदुरहरुको जीवनमा रुवाबासी मच्चाए, राष्ट्रघात गरे, सम्भवतः नेपालको इतिहासमा यति निर्दयीहरुको सत्तामा आउने र यसरी राज गर्ने कहिले भएको थिएन ।

कम्युनिस्ट नाम र कम्युनिस्ट मूल्यलाई विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा यति बदनाम कसैले गरेन होला जति ओली र दाहालले गरे । तथापि निर्वाचनको परीणामपश्चात हाम्रो पार्टीले संश्लेषण गरेको थियो नेपालमा कम्युनिस्ट जनमत छ, सच्चा कम्युनिस्टहरु छन्, वैज्ञानिक समाजवादी सत्ताको चाहना राख्नेहरुको बाहुल्यता छ । यही नै श्रमजीवीहरुको वास्तविक सत्ता निर्माण गर्ने जनआधार हो । भलै यतिबेला संसोधनवादीहरुको भ्रमको सिकार यो जनमत भएको छ छिट्टै यो भ्रमबाट आमजनता मुक्त हुनेछन् । र, यो पुुँजीवादी संसदीय व्यवस्थाको अन्त्यको निम्ती आन्दोलित हुनेछन् । हाम्रो पार्टीले त्यसबेला यी संशोधनवादीहरुले निम्त्यायको जनभ्रमलाई यसरी संश्लेषण गरेको थियो । र, निरन्तर उनीहरुको भ्रमको भण्डाफोर गर्दै एकत्रित जनक्रान्ति सञ्चालन गर्दै आइरह्यो । त्यसयताका सबै घटनाक्रमहरुले पुष्टी गरेको छ कि उनीहरुको भ्रमबाट जनता बिस्तारै मुक्त बन्दै गएका छन् भने यो कथित लोकतन्त्र र संसदीय व्यवस्थाको विरुद्धमा जनताहरु आन्दोलित हुने स्थिती बनेको छ ।

ओली नेतृत्वको सरकार र उनीहरुको पार्टीले हाम्रो पार्टीलाई प्रतिबन्ध लगायो । हाम्रा कमरेडहरुको हत्या ग¥यो, कयौंलाई गिरफ्तार ग¥यो, यातना दियो, मुद्दाका चाङहरु खडा ग¥यो । जतिबेला हाम्रो पार्टीले भ्रष्टाचार, माफियातन्त्र, राष्ट्रघात र वैदेशिक हस्तक्षपको ससक्त प्रतिबाद गर्दै थियो । जनताका आधारभूत समस्याहरुको समाधानको माग राखेर सडकबाट आवाज उठाउँदै थियो । यसरी राष्ट्र र जनताको पक्षमा काम गरिरहेको एउटा जनप्रिय पार्टीलाई यति हदसम्म निकृष्ट बनेर गरिएको अराजनीतिक र आपराधिक व्यवहारको जति नै निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । यतिसम्म अपराध कर्म गर्ने कम्युनिस्ट नामको जनबिरोधी पार्टी जनताको बीचमा नाङ्गिने, पतन हुने र यसको दुःखद् अवशान हुने कुरा निश्चित थियो र यसको उत्कर्ष अझ भयानक हुने पनि उत्तिकै निश्चित छ ।

नेपाली जनताले जनताको सत्ता निर्माणको खातिर हजारौंको बलिदानी दिएका छन् । हजारौंले आजको दिनसम्म अकल्पनीय दुःख झेलिरहेका छन् । र, यो बलिदानीको मूल्य र यो मूल्यद्वारा सृजित सपना यिनीहरुको भ्रम र अत्याचारको बीचमा बिस्फोटक स्वरुपमा मडारिँदै गएको छ । नेपाली जनताको बलिदानीको मूल्य जिउँदो छ, जिवित छ । पुुँजीवादी प्रतिकृयावादी दलालहरुको पैसामा बिकेका केही गद्दारहरुलाई निमोठेर आन्दोलनलाई ध्वस्त गरियो भनेर आत्मारती गर्नेहरु यतिबेला अताल्लिएका छन् र यसरी अतालिनु स्वभाविक छ । किनकि अब नेपालमा कुनै पनि मूल्यमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाको अभियानलाई भ्रमित गर्न वा निस्तेज गर्न सम्भव छैन । ओली दाहाल जस्ता केही चाटुकारहरुलाई नेपाली जनताले किचडमा मिल्काउने निश्चित छ ।

यतिबेला यिनीहरुको विकृत स्वरुपसँग कम्युनिस्ट मूल्यलाई तुलना गरेर प्रतिगमनको सम्भावना भन्दै त्यसमा खेल्ने अर्का लुटेराहरुको पनि बिगबिगी छ । राजा ल्याइन्छ, ०४७ साल फर्काइन्छ भनेर बुरुक्क उफ्रने र त्यसैमा जनतालाई भ्रमित गर्न खोज्नेहरुको पनि सक्रियता देखिन्छ । तर, अब नेपालमा प्रतिगमन सम्भव छैन, नेपाली जनताको सपना र आन्दोलनले पैदा गरेको जागरण अब कुनै प्रतिगमन वा लुटेरा संसदवादको गोलचक्करमा फस्ने छैन । हाम्रो पार्टी नेपाली जनताको नेतृत्व गर्दै निरन्तर यस्ता प्रकारको भ्रमविरुद्ध बलिदानीपूर्वक लड्दै आइरहेको छ । अब जोसुकै होस् संसदवादीहरुको चिहान खन्न नेपाली जनता तयार छन् र राजा वा अन्य केही प्रतिगामी षड्यन्त्र त्यसकाविरुद्ध जस्तासुकै प्रतिबाद गर्न नेपाली जनता तयार छन् ।

त्यसैले अब दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य को निम्ती र प्रतिगामी षड्यन्त्रलाई धुलोपिठो पार्दै जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न सम्पूर्ण सच्चा कम्युनिस्ट, क्रान्तिकारी शक्ति, सच्चा लोकतन्त्रवादी, देशभक्त, आम श्रमजीवी वर्ग मेहनतकस जनता एकहुने बेला आएको छ । बिशाल संयुक्त मोर्चा, सशक्त धु्रवीकरणमा सबै प्रगतिशीलहरु आउन आवश्यक बनेको छ । संसदवादीहरुको वर्तमान नाटक र प्रतिगामीहरुको चलखेलबाट बचेर त्यहाँभित्र रहेको इमान्दार प्रवृत्ति आन्दोलनमा आउन आवश्यक छ । सबैखाले जनघात राष्ट्रघात र वैदेशिक हस्तक्षेपविरुद्ध भिषण जनसंग्रामको उद्घाटन गर्न र टाउकोमा कफन बाँधेर लड्न जनताको वास्तविक सत्ता स्थापनाका पक्षधरहरु एक होऔं । यो अन्तिम युद्ध हो, आ–आफ्नो ठांउमा डटौं । यही नै इमान्दारहरुको यतिबेलाको सच्चा कार्यभार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here