अन्धविश्वासकै कारण दिइयो ११ वर्षीय बालकको बली

0
910

काठमाडौं,

भारतमा एक जना ११ वर्षिय बालकको बली चडाइएको छ। अलवरस्थित नावली गाउँमा अन्धविश्वासका उनको बली दिइएको हो।

बालकको शव आइतबार नाक,कान काटिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

उनको आँखामा गाजल पनि लगाइएको थियो। बालकका बाबु रघुवीर बैरवाले गाउँमा ढोंगी बाबा कालू बैरवासमेत अन्य विरुद्ध मुद्दा दर्ता गराएका छन्।

धनी बन्नका लागि ढोंगी बाबाहरू मिलेर बालकको बली चढाइएको हुनसक्ने स्थानीयले बताएका छन्। बालक शनिबार घरबाट बेपत्ता भएका थिए।

अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै अभियुक्तहरूलाई पक्राउ गरी कानूनी कारबाही शुरु गरिएको प्रहरीले जानकारी दिएको छ।-नेपाली पब्लिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here