त्रिगाँउ उत्पादन तथा प्रशोधन सहकारीको १०औं सभा सम्पन्न

0
680

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित त्रिगाँउ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद दाहालको अध्यक्षता र नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मोहन पौड्यालीले व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष दाहालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन समितिका संयोजक ताराप्रसाद उपाध्यायले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर सदस्यले अनिवार्य एक सय कित्ता शेयर पु¥याउनुपर्ने, संस्थाले सञ्चालन गरेको अमला, हर्रो र बर्रोको नर्सरीमा विरुवाको संख्या पच्चिस हजार पु¥याउने, अर्जुनधाराको १, २, ३ नम्बर वडासँगै बिर्तामोडको सबै वडामा कार्यक्षेत्र विस्तार गर्ने, शेयर सदस्यहरुलाई सहकारी र जडिबुटी उत्पादन सम्बन्धी तालिम प्रदान गर्ने लगायत उल्लेख गरिएको छ ।

हाल दुई सय ६६ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी नौ लाख २७ हजार रुपैयाँ, कुल निक्षेप २३ लाख ६४ हजार पाँच सय ६५ रुपैयाँ र कुल ऋण लगानी २० लाख २० हजार दुई सय ३८ रुपैयाँ रहेको छ ।

सोही कार्यक्रमको सन्दर्भमा असल ऋणी रिस्ता रिमाल र उत्कृष्ट बचतकर्ता कुन्तीकुमारी लुंगेली मगरलाई पुरस्कृत गरिएको थियो ।

नगर कार्यपालिका सदस्य हरिमाया दाहाललगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव इन्द्रप्रसाद खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here