विप्लव माओवादीसहित ४ पार्टीद्धारा रणनीतिक संयुक्त मोर्चा गठन

0
1590

बिर्तामोड ।

विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टी सहित अन्य तीन पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वधीनता, जनतन्त्र र जनजीवीका माथि झनै संकट थोपरेको जनाएको छ ।

संविधान सभाको चुनावबाट ओली नेतृत्वमा बनेको सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको र पछिल्ला घटनाहरु प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको चार पार्टीले साझा धारणा सार्वजनिक गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरिएको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट कम्युनिष्ट पार्टीबीच रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको जनाएको छ । मोर्चाले राज्यसत्ता विरुद्ध राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका लागि काम गर्ने भनिएको छ ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव किरण, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुसता तर्फ उन्मुख भएको उल्लेख छ ।

त्यस्तै चार पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा नै भनिएको छ – संसद पुनःस्थापना वा मध्यावदी निर्वाचन या यसै व्यवस्था भित्र सरकार परिर्वतन गरेर मात्रै हुँदैन यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यशत्ताको अन्त्य र संघीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनु पर्छ । मंगलवार निर्माण भएको मोर्चाले आगामी कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here