चोरी भएको मोटरसाईकल सहित दुई जना पक्राउ

0
736

झापा ।

झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाईकल चोरीमा संग्लग्न दुई जना पक्राउ परेका छन् ।

गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका–२ का २४ बर्षीय मोहनप्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here