लागूऔषध सहित चार जना पक्राउ

0
722

बिराटनगर ।

मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेट सहित चार जना पक्राउ परेका छन् ।

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागूऔषध सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले एभील– १ एम्पुल, लुपिजेसिक– १ एम्पुल, डाईजोल्याव–१ एम्पुल र नाईट्राभेट–१०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यता झापाको भद्रपुर नगरपालिका–४ डागीवारीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार राती १० बजे भद्रपुर नगरपालिका–५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here