युनाइटेड रिभरसाइड युवा फाउण्डेसन बिर्तामोडको नेतृत्व चयन

0
829

बिर्तामोड ।

युनाइटेड रिभरसाइड युवा फाउण्डेसन बिर्तामोडको अध्यक्षमा ओमबहादुर खड्का चयन भएका छन् ।

संस्थाको कनकाईस्थित जामुनखाडी सिमसारमा भएको चौथो अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा भगीरथ पौडेल, उपाध्यक्षमा प्रदिप खरेल, महिला उपाध्यक्षमा तारा कार्की, महासचिवमा रेवती खनाल, सचिवमा राजकुमार ओली र कोषाध्यक्षमा उमेश खरेल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा गणेश पाठक, रमेश प्रसाईं, रविन्द्र राउत र रमेश धनन्जय रिजाल चयन भएका छन् ।

संस्थाका अध्यक्ष सञ्जीव चापागाईंको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, शाखा अधिकृत देवराज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, शिक्षासेवी उत्तम खनाल, समाजसेवी जितेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here