विराट–अर्जुन उपभोक्ता सहकारीमा पुनः नवीन खरेल

0
718

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

झापाको बिर्तामोड–४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा पुनः नवराज खरेल (नवीन) चयन भएका छन् ।

 

संस्थाको ११ औं बार्षिक साधारणसभाको वन्दसत्रले खरेलको अध्यक्षतामा ११ सदस्यीय संस्थाको पाँचौ नयाँ सञ्चालक समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा यादवकुमार ओली, सचिवमा डिल्लीराम प्रसाईं चयन भएका छन् भने सदस्यहरुमा दिपेश प्रसाईं, सन्तकुमार शर्मा कट्टेल (सुमन), मिना खरेल, सञ्जोग खरेल, कृष्णप्रसाद कुइँकेल, घनश्याम खनाल, बद्रीप्रसाद ओली र पंकज खरेल चयन भएका छन् ।

सोही साधारण सभाको वन्दसत्रले अनुप सापकोटा संयोजक र रामबाबु सुवेदी र रमाकुमारी रेग्मी सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।

 

संस्थाको नयाँ सञ्चालक र लेखा सुपरीवेक्षण समिति चयन गर्नका लागि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल संयोजक र अधिवक्ता तेजप्रसाद कट्टेल र शेयर सदस्य कृष्ण पौडेल सदस्य रहेको निर्वाचन समिति चयन गरिएको थियो ।

संस्थाका अध्यक्ष नवराज खरेल (नविन) को अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवकुमार ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा बिराट –अर्जुन उपभोक्ता सहकारी संस्था लि. बिर्तामोड –४ का अध्यक्ष नवीन खरेलले आफ्नी स्वर्गीय आमा नरमाया खरेलको स्मृतिमा स्थापना गरेको स्व. नरमाया खरेल शिक्षाकोषमा रकम थप गरेर एक लाख रुपैयाँ पुर्याएको जानकारी दिए ।

संस्थाको मातहतमा रहने गरी ५० हजार रुपैयाँको स्व. नरमाया खरेल शिक्षाकोष स्थापनाको घोषणा गरे पनि परिवारको सल्लाहमा कोषको रकममा वृद्धि गरिएको उनले वताए ।

कार्यक्रममा स्व. नरमाया खरेल शिक्षाकोषबाट वीर अमरसिंह माविमा अध्ययनरत् रीया राजवंशी र रीया टुडुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । उक्त शैक्षिक सामग्री स्व. नरमाया खरेल शिक्षाकोषकी संयोजक उषा थपलिया खरेलले प्रदान गरेकी थिइन् । ।

कार्यक्रममा अध्यक्ष खरेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन , उपाध्यक्ष यादवकुमार ओलीले प्रस्तुत गरेको कर्जा उपसमितिको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिका संयोजक सन्तोष प्रसाईंले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरिएको थियो ।

अघिल्लो सञ्चालक समितिका सदस्यलाई सम्मान गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख विवेक डाँगी, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई , नयाँ समितिका सदस्य सन्तकुमार शर्मा कट्टेल (सुमन)लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here