दुहागढी ।

चारआली बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ को नवौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुष्पराज कार्कीको सभापतित्व तथा मेचीनगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जेष्ठ सदस्य माधव प्रसाद काफ्ले, वर्ष उत्कृष्ट कर्मचारी रमेश खनाल, वर्ष उत्कृष्ट सदस्यहरु पुष्पा कुमारी मैनाली र निर्मला बराइलीलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
संस्थाका व्यवस्थापक श्याम कुमार खड्काले आय व्यय प्रस्तुत गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष जित बहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा रेडक्रसकर्मी गोपिराज मैनाली, होमराज ढकाल, लाल बहादुर थेवे लगायतले मन्तव्य राखेका थिए ।
संस्थाको नयाँ कार्य समिति चयनका लागि सभाको बन्दसत्रले विश्व थापाको संयोजकत्वमा होमराज ढकाल र मोहन अधिकारी सदस्य रहेको निर्वाचन मण्डल समेत चयन गरेको छ ।































