साहित्य चौतारीमा परियार

0
1030

बिर्तामोड ।

साहित्य चौतारी बिर्तामोड झापाको अध्यक्षमा हस्त परियार चयन भएका छन् ।

संस्थाको शनिवार भएको २२औं साधारणसभाको बन्द सत्रले परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टिका भट्टराई नेपाल, तुलसीप्रसाद भट्टराई, रिता उप्रेती संग्रौला, केपी घिमिरे र चित्रा पौडेल कोइराला रहेका छन् । संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको थियो ।

अध्यक्ष टंक काफ्ले विकल्पको अध्यक्षता तथा संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीततर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे संस्थापक तथा संरक्षक श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव दिलीप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here